Nabil Bank
prabhubank
nic bank

नयाँ वर्षमा बजाजले रु १ लाखसम्मको उपहार दिँदै

मिडिया स्पेस सोलुसन्स प्रालि

 

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको छ ।

 

बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकहरुले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउँनेछन् भने भाग्यशाली विजेताहरुले रु। १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । त्यसैगरी ३०५ डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुनेछ ।

योजनाको बारेमा चर्चा गर्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि यो योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । ग्राहकवर्गको आवश्यकतालाई बुझेर हामीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरु लिएर आएका छौँ । हामीलाई निरन्तर अपार माया प्रदान गर्नुहुने ग्राहकहरुलाई हामी बजाजको तर्फबाट नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’

बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै छ । उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्ता–मैत्री नितीहरुले गर्दा बजाजका मोटरसाइकलहरु बजारमा सर्वाधिक लोकप्रिय छन् । नवीनता, गुणस्तर र सुपथ मुल्यजस्ता कारणहरुले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटीभ उद्योगमा लिड गर्दै आइरहेको छ ।

 

 

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी र आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी...

वि.सं.२०८१ जेठ ६ आइतवार १४:३४

  नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता,...

वि.सं.२०८१ जेठ ६ आइतवार ०४:०५

  काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ५ शनिवार १७:२६

  काठमाडौँ यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ : नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ :...

वि.सं.२०८१ जेठ ३ बिहीवार २३:४७

    काठमाडौं ३, जेठ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ  : कुलमान घिसिङ

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ :...

वि.सं.२०८१ जेठ ३ बिहीवार १७:२२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा...

लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन, रामग्राममा बन्यो भब्य प्लान्ट

लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन,...

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:५७

  रामग्राम(परासी) । नेपालको सफल व्यवसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै...