CG Electronics
IME Life
NIMB

कर छुट लिने व्यापारीमाथि छानबिन गर्ने सांसद कार्चेनको माग

NIMB
Himalayan Bank

 

काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले राजस्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिर्र्दै राजस्व छुट लिने माथि छानबिन गरी कर असुल गर्ने हो भने एक वर्र्षमै हुम्लामा रेल पुराउने पैसा आउने बताएका हुन् ।

‘आय कर ऐनको दफा ११ अनुसार ठूला व्यापारी कसैले पनि कर तिर्नुपर्दैन । राज्यकोष रित्तो बनाएर व्यापारीको पोल्टो भर्ने राजश्व प्रणाली सुधार गर्नैपर्दछ । आजसम्म राजश्व छुट लिने व्यापारीहरुमाथि छानविन गरौं’ सांसद कार्चेनले भने, ‘राजश्व छुट कस–कसले पाएको छ ? हामीले हिम्मत गरौं, राजश्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानविन गरी कर असुल गर्ने हो भने एक वर्षमै हुम्लामा रेल पुर्याउने पैसा आउँछ ।’

अहिले देशको अर्थतन्त्र माफियाहरुको हातमा गइसकेको उनले आरोप लगाए । उनले भने, ‘बजेट १८ खर्ब ६० अर्बको, जनताले पाउने विकास जम्मा ३ खर्बको । चालु आवको हिजोसम्म उठेको जम्मा राजश्व ८ खर्ब ७९ अर्ब मात्रै छ । यो देशको राजश्व जम्मा यति मात्रै हो त ? अरु राजश्व खोई ? कसले खायो ? पैसा कता जान्छ ?’

हुम्लाबाट प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले संसदमा आज दिनु भएको मन्तब्य (पूर्णपाठ)
बजेट बक्तव्य र आर्थिक विधेयकमाथिको छलफलमा भाग लिंदै गर्दा मैले संसदमा रमाइलो दृष्य हेरे । सत्ता पक्षबाटै असन्तुष्टि, विरोध र आक्रोस पनि देंखे । कसैलाई स्टक एक्सचेन्जको लाइसेन्स चाहिएको होला । कसैलाई राजश्व छुट चाहिएको होला ।

कसैलाई स्पन्ज आइरनमा कर बढि भएको होला । तर, म भन्छु बजेट सत्ता गठबन्धनको साझा दस्तावेज हो । बजेटको आलोचना गर्नुपूर्व बजेटको सीमा, नेपालको अर्थव्यवस्था अध्ययन गर्न आग्रह गर्दछु ।

सम्मानीय सभामुख महोदय,
माननीय अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नु भएको बजेट सन्तुलित, समय सापेक्ष, गतिशिल, समाजवाद उन्मुख रहेको छ। म अर्थतन्त्रको ज्ञाता त होइन । तर अर्थमन्त्रीले देशको स्रोत, साधन, अहिलेको आर्थिक अवस्था अनुसार वस्तुवादी बजेट प्रस्तुत गर्नुभएकोले उत्कृष्ट मूल्याङ्कन गर्न चाहन्छु ।

सम्मानीय सभामुख महोदय,
बजेटले सामाजिक न्याय, सुशासन र समृद्धिको मर्मलाई पकडेको छ । अप्ठेरो अवस्थाका बीचमा अर्थतन्त्र सुधार गर्न पाँच आधार प्रस्तुत गरिएकोछ । अर्थतन्त्र सुधारको लागि सरकारले बजेटमा पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच आर्थिक सुधारका रणनीति घोषणा गरेको छ, जुन स्वागत योग्य छ । पाँच रुपान्तरणकारी क्षेत्रको रुपमा कृषि, उर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशितालाई उल्लेख गर्नु एकदमै सकारात्मक पक्ष हो ।
सम्मानीय सभामुख महोदय,
हिमाली क्षेत्र समृद्धि परियोजनाको स्वागत गर्दछु । यसको मोडल मैले यसअघि संसदमा बारम्बार उठाउँदै आएको पाँच अर्बको हिमाली कृषि कम्पनी र पाँच अर्बको जडिबुटी कम्पनी स्थापना गरी कृषि र जडिबुटी प्रबर्द्धन गरी समृद्धिको योजना सञ्चालन हुनुपर्दछ ।

साथै हुम्लाको लिमि भ्यालीलाई पर्यटन पूर्वाधार विकास गर्न र मानसरोवर कैलाश दर्शनको लागि पोडवेको सम्भाव्यता अध्ययनका लागि माग गर्दछु । अघिल्लो आवमै कर्णाली प्रदेशमा सञ्चालन गर्ने भनिएको हवाई एम्बुलेन्स सेवा तत्काल सञ्चालन गर्न माग गर्दछु ।

हुम्लाको हल्जी गुम्बा, रलिङ गुम्बा र बैफक गुम्बा विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल गरियोस् । चालु आवको बजेटमा र प्रधानमन्त्री प्रचण्डले पनि पटक पटक यसै आवमा सिमकोटमा गाडी पुग्नेछ भनेर भाषण गर्नु भएको छ । अझै पुगेको छैन । १ महिना ७ दिन बाँकी छ । पुग्छ कि पुग्दैन ध्यान दिनुपर्नेछ ।

सम्मानीय सभामुख महोदय,
यो देशको अर्थतन्त्र माफियाहरुको हातमा गइसकेको छ । बजेट १८ खर्ब ६० अर्बको, जनताले पाउने विकास जम्मा ३ खर्बको । चालु आवको हिजोसम्म उठेको जम्मा राजश्व ८ खर्ब ७९ अर्ब मात्रै छ ।

यो देशको राजश्व जम्मा यति मात्रै हो त ?
अरु राजश्व खोई ?
कसले खायो ?
पैसा कता जान्छ ?

आय कर ऐनको दफा ११ अनुसार ठूला व्यापारी कसैले पनि कर तिर्नुपर्दैन । राज्यकोष रित्तो बनाएर व्यापारीको पोल्टो भर्ने राजश्व प्रणाली सुधार गर्नैपर्दछ । आजसम्म राजश्व छुट लिने व्यापारीहरुमाथि छानविन गरौं ।

राजश्व छुट कस–कसले पाएको छ ?

हामीले हिम्मत गरौं, राजश्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानविन गरी कर असुल गर्ने हो भने एक वर्षमै हुम्लामा रेल पुर्याउने पैसा आउँछ । म सभामुख महोदयमार्फत यो सदन र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...