Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

मन्त्रिपरिषद् निर्णय : १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश

 

काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी मिति २०८१ भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ ।’

उनका अनुसार सरकारले भारत, अष्ट्रेलिया, साउदी अरेविया, दक्षिण अफ्रिका, इजरायल, श्रीलङ्का, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, रुसी महासङ्घ, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल र पाकिस्तानमा नेपाली राजदुत नियुक्तिको लागि सिफारिस गरेको हो ।

साथै, बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यालय÷कार्यक्रमहरूको लागि आवश्यक राजपत्राङ्गित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:४३

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान...

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक’

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:३६

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु...

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:२३

  ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा...

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

वि.सं.२०८१ मंसिर २६ बुधवार २३:१५

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध...

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन खोज्दैछौं  : अर्थमन्त्री पौडेल

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन...

वि.सं.२०८१ मंसिर २६ बुधवार २३:०६

  काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको...

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ :...

वि.सं.२०८१ मंसिर २६ बुधवार २२:५७

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र...