Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् ।

शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताएका हुन् ।

 

उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरे । नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुईपक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाएका थिए । भेटका अवसरमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी थिए ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...