Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सहकारी क्षेत्रका कानून कार्यान्वयनमा कमि : सभापति थापा

 

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानून कार्यान्वयनमा कमि भएको टिप्पणी गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकपश्चात उनले सहकारी समस्याको मुख्य कारण संयन्त्र निर्माण गर्ने गरि कानून निमार्ण नहुनुको साथै बचतकर्ताहरुले लापरबाही र लोभमा परेर आफ्नो पुँजी जोखिममा राख्नु पनि भएको बताए ।

उनले भने, ‘सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानून कार्यान्वयनमा कमि भएको छ । कानून आवश्यकता अनुसारको संयन्त्र निमार्ण गर्ने गरि बनेका छैनन् । र बचतकर्ताहरुले पनि कुन सहकारी को सञ्चालक भन्ने कुरा नबुझि पैसा जम्मा गर्ने काम लापरबाही र लोभका कारणले गरेको जस्तो देखिन्छ ।’

उनले बैठकमा उपस्थित प्रतिनिधिहरुको कुरा सुन्दा गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सहकारी क्षेत्रलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्ने बताए ।
उनले भने, ‘आज आउनु भएको प्रतिनिधिहरुको कुरा सुन्दा गरिबी निवारणमा सहकारी भूमिका महत्वपूर्ण रहेको र सहकारी क्षेत्रलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्छ । सहकारीलाई उत्पादनमा सेवा प्रवाहमा अझ व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भन्ने कुरा आएको छ ।’

आजको बैठकमा देशभरबाट सुशासनमा चलेका सहकारीका प्रतिनिधिहरु ४० जनालाई आमन्त्रित गरेको थियो । तर त्यस मध्य ३४ जनाको उपस्थिती रहेको थियो ।

यस्तै, सबैको सुझावहरु सुन्दा सहकारीको क्षेत्रमा नकारात्मक भाष्य सिर्जना गर्ने, धारणा बनाउने र यो क्षेत्रलाई नास पार्ने गरि गलत प्रचार गर्ने काम भएको पनि उनको भनाई छ ।

उनले भने, ‘सबैले आफ्नो कुरा राखेका छन् । सबैको सुझावहरु सुन्दा देशभर केही सहकारी मात्र बिग्रिएका छन् र धेरै सहकारीहरु राम्रो तरिकाले चलेका छन् ।

अर्बौ बचत तथा ऋण परिचालन गरेका हैसियतका सहकारीहरुको कुराहरु सुन्दा सहकारीको क्षेत्रमा नकारात्मक भाष्य सिर्जना गर्ने, धारणा बनाउने र यो क्षेत्रलाई नास पार्ने गरि गलत प्रचार भएको छ भन्ने कुराको अनुभूती हुनेगरि छलफल भएको छ ।’

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...