API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको हितमा केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

 

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन् ।

डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हामीले आर्जन गरेको अनुभव, ज्ञान, सीप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि केन्द्रित र समर्पित गनुपर्ने बताए ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेअनुसार राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोतर्फ लैजान सकेमात्र हाम्रा अग्रज राजनीतिज्ञहरूले परिकल्पना गरेको लक्ष्य साकार हुन्छ । त्यसैले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिवद्धता हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।’

राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गरेका डा. रेग्मीको व्यक्तित्व बहुआयामिक भएको बताउँदै नेपालको राजनीतिक, साहित्यिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदान प्रेरणादायी भएको स्पष्ट पारे ।

उनले अंग्रेजी भाषामा नेपालको इतिहास लेखेर नेपाललाई संसारमा चिनाउन रेग्मीले दिएको योगदानको स्मरण पनि गरेका छन् ।

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:४६

  अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा...

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक...

वि.सं.२०८१ माघ ४ शुक्रवार १९:५८

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...