Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

युवाहरुका लागि उद्यमशीलता विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको जानकारी दिएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको जानकारी दिएका हुन् ।

देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरुले यसका लागि सोच्नुपर्ने बताए ।

उनले हाल जनसंख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह समेत गरे ।

प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताए ।

उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले बच्चाहरु अभिभावकबिहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट पारे ।

सम्मेलनबाट प्राप्त पारित घोषणापत्रका विषयहरुलाई सरकारले कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिबिम्बित गर्ने बताए ।

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:००

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा...

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५६

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त...