Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

मन्त्रिपरिषद् बैठक  : दुई कम्पनीको महाप्रबन्धक नियुक्त

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले एसियाली विकास बैंकबाट सिंचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने सहुलियत पूर्ण ऋण र अनुदान स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न वार्ता टोली गठन गर्ने भएको छ ।
साउन २८ गते बसेको बैठकले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले भने, ‘एसियाली विकास बैंकबाट सिंचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर १ सय १० मिलियन करिब रु १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर करिब रु १ अर्ब ९९ करोड अनुदान स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,’

यसको साथै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा रमेश आचार्य धादिङलाई नियुक्त गर्ने र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिडेटको रिक्त महाप्रबन्धक पदमा प्रकाश प्रसाद पोखरेल इलामलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

उनले बैठकले भुटानमा साउन २९ देखि ३२ सम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेन्ट बडिज अफ साउथ एसियाको १२ सम्मेलनमा भाग लिन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भ्रमण स्वीकृत गरेको पनि बताए ।

त्यसैगरि, भू उपयोग ऐन २०७६ को दफा १४ को उपदफा १ को ञ बमोजिम संघीय भूपू योगको सदस्यमा डा.रेवतीरमण पौडेल, डा.यमुना घले, रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको पनि उनको भनाई छ ।

यसको साथै, उनले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका तथा पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनसम्बन्धी कार्यायोजना स्वीकृत गर्ने र निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

 

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...