Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

३० भन्दा धेरै आयोजनाको आइपीओ रोकिँदा आयोजनाहरु समस्यामा परे : अध्यक्ष कार्की

Machhapuchchhre Bank Limited

 

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् ।

बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले भने, ‘विगत १४ महिना भन्दा बढी ३० भन्दा बढी आयोजनाहरु सेवनमा रोकिएको छ । जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौं । आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरु अगाडि लैजान सकिएको छैन ।’

उनले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजना आयोजनाहरु समस्यामा परेको बताएका हुन् ।

अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिव ४५ लाख बढी नेपालीहरुले जलविद्युतको शेयरमा लगानी गरेको बताए । उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको पनि बताए ।

 

उनले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरु आइरहेको पनि कार्कीले बताए । उनले विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने बताउँदै विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताए ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...