Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाल बीमा प्राधिकरणमा दुई जना सञ्चालक आउँदै

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अब छिट्टै दुई जना नयाँ सञ्चालक पाउने भएको छ । निवर्तमान बिज्ञ सञ्चालक कपिलदेव ओलीको चार वर्षे पदावधी सकिएर गत भदौं दुई गते नै बिदाई गरिसकिएको छ । उनको ठाउँमा नयाँ बिज्ञ सञ्चालक आउनेछन् । उक्त नयाँ बिज्ञ सञ्चालक हुनको लागि नेपाल सरकारले नै नियुक्त गर्नुपर्ने हुँदा केही समय भने पक्कै लाग्नेछ ।

उता, अर्थमन्त्रालयबाट प्रतिनिधित्व गरेका नारायण रिसालको पनि सरुवा हुने सम्भावना बलियो रहेको छ । अर्थमन्त्रालयका सह सचिवहरुको सरुवाको क्रम चलिरहेकोले रिसालको सरुवा भएको अवस्थामा पनि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक फेरिने छन् ।

उल्लेखित दुई सञ्चालक बाहेक तेस्रा सञ्चालक कानुन मन्त्रालयका प्रतिनिधि मन बहादुर अर्याल पनि यतिबेला न्यायाधिश बन्ने लाइनमा रहेका छन् । अर्याल न्यायाधिश बन्न गएको अवस्थामा पनि तेस्रो सञ्चालक पनि फेरिनेछन् । बीमा प्राधिकरणमा पछिल्लो समय दुई उच्च तहकासहिच चार जना कर्मचारीले अवकास लिएका थिए । त्यस्तै, सञ्चालक कपिल देव ओलीको पनि भर्खरै विदाई गरिएको छ ।

बिज्ञ सञ्चालक हुनको लागि बीमा क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको तथा स्नोतकोत्तर तह उत्तिर्ण व्यक्ति मात्रै सञ्चालक बन्ने हुँदा अब नयाँ सञ्चालक नियुक्त गर्दा सरकारले पनि ऐनको विशेष ध्यानदिनुपर्ने देखिएको छ ।

 

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:११

  काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष...

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...