Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको हो ।

कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख र आईएमई लाइफको १५ लाख गरी कुल ५ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ ।


बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताउनुभयो ।

चेक हस्तान्तरण कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यलगायतको उपस्थिति रहेको थियो ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...