CG Electronics
IME Life
NIMB

स्काथी इन्टरटेनमेन्टले ‘महिला हिपहप कार्यक्रम’ को दोस्रो संस्करण ल्याउँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । स्काथी इन्टरटेनमेन्टले नेपालको एकमात्र सम्पूर्ण महिला हिपहप कार्यक्रमको दोस्रो संस्करण घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा स्विट्जरल्याण्डको दूतावासको सहयोगमा स्काथी इन्टरटेनमेन्टले ‘गड इज अ वुमन’ शिर्षकको कार्यक्रत्र शनिबार २८ अक्टोबर २०२४ मा ड वन्डरल्यान्ड, बुङमाटी (ललितपुर) मा एक दिनको महोत्सवको रुपमा गर्ने जानकारी दिएको छ ।

यस महोत्सवमा स्विट्जरल्याण्ड, यूके, बेल्जियम र नेपालका प्रमुख महिला कलाकारहरुको पूर्ण लाइनअप हुनेछ । समर्थन लाइनअपमा बीगल्र्स, डीजे र एक बेल्जियन बहु. वादकले आवाजको माध्यमबाट ध्वनि उपचारको परिचयात्मक कार्यशाला सञ्चालन गर्नेछन् ।


महोत्सवले युवा उदीयमान प्रतिभाहरूलाई स्वदेशी हिपहप, स्विस जर्मन र नेपाली र्यापदेखि विभिन्न शैलीका ब्रेकिङसम्मका विविध ध्वनिहरू र संगीतको प्रस्तुतिमा प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।
अघिल्लो संस्करणजस्तै, यो कार्यक्रम दृश्य र कार्यक्रम उत्पादन, स्वयंसेवा र सुरक्षा क्षेत्रमा महिलाहरूको नेतृत्वमा हुनेछ ।

‘गड इज अ वुमन’ केवल एक सम्पूर्ण महिला संगीत र मनोरञ्जन महोत्सव मात्र होइन, यो महिला नेतृत्वमा आधारित व्यवसाय र उद्यमीहरुको लागि एक सम्पूर्ण महिला बजारमा पनि परिणत हुँदैछ, जसले महोत्सव स्थलमा आफ्ना उत्पादन, सेवाहरु र पहलहरू प्रदर्शित गर्नका लागि स्टलहरू प्रदान गर्नेछ ।

यो पहल महिलाहरुलाई उजागर गर्न र उनीहरुको सिर्जनात्मक विकासलाई सँगै अघि बढाउनको लागि महोत्सवको दृष्टिकोणसँग मेल खाँदैछ, साथै वातावरणमैत्री, नैतिक र महिला नेतृत्व र महिला केन्द्रित संस्थासँग साझेदारी गर्दैछन् ।

यसमा इको साथी नेपाल, आमाको सुरक्षया, साथ र डान्फे वर्क्स जस्ता संस्थाहरु समावेश छन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...