CG Electronics
IME Life
NIMB

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक

NIMB
Himalayan Bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान अधिकार दिएको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवसथापन सम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले तीन तहको सरकार फरक भएपनि अधिकार एउटै भएको भन्दै यो सबै व्यवस्था एकआपसमा जोडिने आधार भनेको सहकारीता र समन्वय भएको बताए ।

उनले भने, ‘तीन वटा तहमा सरकारलाई विभाजित गरिएको छ । संघ, प्रदेश र स्थानिय तह, यही सरकारहरुको कार्यकारी अधिकारको विषयमा भाव, शब्द केहीमा पनि फरक छैन ।

प्रधानमन्त्रीको अधिकार उल्लेख गर्दा, जुन अधिकार र भावका साथ संविधानमा उल्लेख गरिएको छ, देशभरिका लागि प्रदेशभित्रका मुख्यमन्त्रीहरुको लागि पनि त्यही कार्यकारी अधिकारहरु उल्लेख गरिएको छ । यसको साथै, स्थानिय सरकारमा नगर प्रमुख अथवा गाँउपालिका अध्यक्षका लागि पनि समान अधिकारको व्यवस्था गरिएको छ ।

यो सबै व्यवस्था एकआपसमा जोडिने आधार भनेको सहकारीता र समन्वय हो । त्यसकारण हामी एकअर्कासँग जोडिएर नै काम गर्नुपर्छ ।’
यसको साथै, उनले शान्ति सुरक्षाको अवस्था धेरै ठूलो चुनौतीपूर्ण नभएको भन्दै यसमा निरन्तर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘शान्ति सुरक्षाको अवस्था धेरै ठूलो चुनौती छैन् । सामान्य घटनाहरु भईरहेका हुन्छन् । त्यसलाई राज्य र सरकारले आफ्नो तरिकाले व्यवस्थापन गरिरहेको अवस्था छ ।

अपराधको सम्बन्धमा मूलत एउटा परम्परागत अपराध सबै ठाँउमा घटेको छ । यो भनेको समाजको उत्पादनदेखि अन्त्यसम्म चल्ने कुरा हो । त्यसको लागि निरन्तर काम गर्नुपर्ने नै छ ।’

यसको साथै, उनले वर्तमान समयमा लागूऔषध, आत्महत्या र सडक दुर्घटना धेरै बढेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले साइबर अपराध पनि बढेको हुदाँ कुनै खालको सम्झौता नगरि निर्मम तरिकाले प्रस्तुत हुन जरुरी रहेको पनि बताए ।

उनले भने, ‘अहिले समाजमा अरु केही कुरा चुनौतीको रुपमा देखा परेको छ । त्यसमध्य एउटा लागू औषध यसको अवस्था खतरनाक तरिकाले बढेको छ । यो देशभर फैलिएको छ । अझै आत्महत्याको कुरा पनि बढेको छ र अर्को सडक दुर्घटना यो तीन वटा कुराहरु चुनौतीपूर्ण तरिकाले देखा परेको छ ।

यसलाई नियन्त्रण गर्न हामीले काम गर्न जरुरी छ । साइबर अपराध पनि बढेको अवस्था छ । यसको लागि पनि हामीले कुनै खालको सम्झौता नगरि निर्मम तरिकाले प्रस्तुत हुन जरुरी छ ।’

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...