CG Electronics
IME Life
NIMB

इप्पानले रजत जयन्ती मनाउने, माघ ४ गते २५ वर्षको उपलब्धि सार्वजनिक गर्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्थापनाको २५ औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ ।
इप्पानले बिहीवार ‘इप्पान रजत जयन्ती, २०८१’ बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्दै विशेष कार्यक्रम माघ ४ गते काठमाडौंको मेरियट होटलमा आयोजना हुने जनाएको हो ।

 

‘लिडिङ इनर्जी टुवर्ड्स प्रोस्पेरिटी’ नारासहित हुने उक्त कार्यक्रममा इप्पानले विगत २५ वर्षमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गर्दै आगामी योजनाबारे चर्चा गर्ने इप्पानले जनाएको छ ।

देशको ऊर्जा र आर्थिक विकासमा इप्पानले पछिल्लो २५ वर्षमा १५ खर्बभन्दा बढी लगानी गरेको जनाएको छ । इप्पानले देशको ३३ सय मेगावाट जडित विद्युत् क्षमतामध्ये निजी क्षेत्रले ८० प्रतिशत अर्थात् २६०० मेगावाट उत्पादन गरिरहेको छ ।


४१ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् भने १२ हजार पाँचसय मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौताका लागि पर्खाइमा छन् ।

रजत जयन्ती समारोहलाई विशेष बनाउन इप्पानले ऊर्जा क्षेत्रमा भएका चुनौती, अवसर र सम्भावनाबारे छलफल गर्न तीनवटा प्राविधिक सत्र संचालन गर्ने जनाएको छ । त्यसैगरी ‘ऊर्जा समृद्धि’ नामक विशेष स्मारिका प्रकाशित हुनेछ ।

अतिरिक्त क्रियाकलापअन्तर्गत फुटसल, ब्याडमिन्टन प्रतियोगिता, रक्तदान, ईभी ¥याली, निबन्ध लेखन, वृत्तचित्र निर्माण र फोटो प्रतियोगिता हुनेछन् ।

प्रतियोगितामा फुटसल र ब्याडमिन्टन विजेतालाई क्रमशः ३०, २०, र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ । निबन्ध लेखनका लागि पहिलो, दोस्रो, र तेस्रो स्थानले ५०, २५, र १५ हजार रुपैयाँ र वृत्तचित्र र फोटो प्रतियोगिताका विजेतालाई पनि ३०, २०, र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ।

समारोहमा प्रधानमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री लगायतका उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...