Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

इप्पानले रजत जयन्ती मनाउने, माघ ४ गते २५ वर्षको उपलब्धि सार्वजनिक गर्ने

 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्थापनाको २५ औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ ।
इप्पानले बिहीवार ‘इप्पान रजत जयन्ती, २०८१’ बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्दै विशेष कार्यक्रम माघ ४ गते काठमाडौंको मेरियट होटलमा आयोजना हुने जनाएको हो ।

 

‘लिडिङ इनर्जी टुवर्ड्स प्रोस्पेरिटी’ नारासहित हुने उक्त कार्यक्रममा इप्पानले विगत २५ वर्षमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गर्दै आगामी योजनाबारे चर्चा गर्ने इप्पानले जनाएको छ ।

देशको ऊर्जा र आर्थिक विकासमा इप्पानले पछिल्लो २५ वर्षमा १५ खर्बभन्दा बढी लगानी गरेको जनाएको छ । इप्पानले देशको ३३ सय मेगावाट जडित विद्युत् क्षमतामध्ये निजी क्षेत्रले ८० प्रतिशत अर्थात् २६०० मेगावाट उत्पादन गरिरहेको छ ।


४१ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् भने १२ हजार पाँचसय मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौताका लागि पर्खाइमा छन् ।

रजत जयन्ती समारोहलाई विशेष बनाउन इप्पानले ऊर्जा क्षेत्रमा भएका चुनौती, अवसर र सम्भावनाबारे छलफल गर्न तीनवटा प्राविधिक सत्र संचालन गर्ने जनाएको छ । त्यसैगरी ‘ऊर्जा समृद्धि’ नामक विशेष स्मारिका प्रकाशित हुनेछ ।

अतिरिक्त क्रियाकलापअन्तर्गत फुटसल, ब्याडमिन्टन प्रतियोगिता, रक्तदान, ईभी ¥याली, निबन्ध लेखन, वृत्तचित्र निर्माण र फोटो प्रतियोगिता हुनेछन् ।

प्रतियोगितामा फुटसल र ब्याडमिन्टन विजेतालाई क्रमशः ३०, २०, र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ । निबन्ध लेखनका लागि पहिलो, दोस्रो, र तेस्रो स्थानले ५०, २५, र १५ हजार रुपैयाँ र वृत्तचित्र र फोटो प्रतियोगिताका विजेतालाई पनि ३०, २०, र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ।

समारोहमा प्रधानमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री लगायतका उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...