Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार छ : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता’ विषयक छलफलमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा आजको यो छलफल अत्यन्तै महत्वपूर्ण छ,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिकै सहयोगमा यससम्बन्धी कानुनको मस्यौदा निर्माण गरी यथाशीघ्र अघि बढाउन हामी तयार छौँ ।’ दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा समितिले चलाएको छलफलप्रति आफू सकारात्मक रहेको मन्त्री गुप्ताको भनाइ थियो ।

पछिल्लो समय सङ्घीय निजामती सेवा विधेयक पारित गराउन मन्त्रालयको सम्पूर्ण शक्ति लागिरहेको चर्चा गर्नुहुँदै उहाँले दलित समुदायको अधिकारसम्बन्धी कानुनको मस्यौदा निर्माणमा मन्त्रालयले समितिको पनि साथ खोजेको स्पष्ट गर्नुभयो । बैठकमा समिति सभापति कमला पन्तले विधेयक निर्माणका लागि समितिले आवश्यक सहयोग गर्ने बचनवद्धता व्यक्त गर्नुहुँदै समिति दलित समुदायको अधिकारसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक गृहकार्य गरिरहेको र उक्त गृहकार्यलाई प्रतिवेदनको रुपमा बुझाउने जानकारी दिनुभयो ।

‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धमा’ समितिअन्तर्गत गठित सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट प्राप्त प्रतिवेदनमाथि समितिले आज छलफल चलाएको हो । छलफलमा राष्ट्रिय सभाका सांसदहरू बामदेव गौतम, झक्कु प्रसाद सुवेदी, विष्णु प्रसाद विश्वकर्मालगायतले भाग लिनुभएको थियो ।

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ :...

वि.सं.२०८१ माघ २ बुधवार ०८:१२

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...