Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

७ जिल्लाका मेकानिक्सलाई सिएफ मोटोले दियो तालिम, दक्ष जनशक्ती उत्पादनमा जोड

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सिएफ मोटो नेपालले काठमाडौंमा हालै एक तालिम सम्पन्न गरेको छ । चीनस्थित सिएफ मोटो हेडक्वार्टरको ट्रेनिङ विभागका टिमले काठमाडौंको लिसरा रिसेप्सनमा तालिम दिएका हुन् ।

मसिंर २९ देखी पुष २ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, हेटौडा, बुटवल र पोखराका टेक्निसियन सभागी भएका थिए ।

कार्यक्रम सिएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आयोजना गरेको हो । तालिम सिएफ मोटोका फोर ह्विलर र टु ह्विलर प्रोडक्टको मर्मत सम्भारसँग सम्बन्धित थियो । कम्पनीका महाप्रबन्धक उज्वल जोशीकाअनुसार सिएफ मोटोको उत्पादनलाई ऋषि ट्रेड सेन्टरले बिक्री गर्न थालेपछि बिक्री पछिको सेवामा ध्यान केन्द्रित हुँदै गएको छ ।

‘सिएफ मोटोका उत्पादन नेपाली बजारमा पहिल्यैदेखी बिक्री हुँदै आएको हो । यो ब्रान्डलाई प्रयोग गर्ने केही ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएको गुनासो गर्न थालेपछि हामीले यसको उचित समाधान दिन पहल गर्दै आएका छौ । सर्भिसिङलाई सहज बनाउन स्थानिय स्तरमा वर्कशप सञ्चालन गर्दै आएका मेकानिक्सलाई समेत दक्ष बनाउनु पर्छ भन्ने बुझेर हामीले यो विशेष कार्यक्रमा सम्पन्न गरेका हौँ’, उनले भने ।

ऋषि ट्रेड सेन्टरले सिएफ मोटो र जिहो ब्रान्डको डिलरशिप लिएपछि सबैभन्दा बढी जोड बिक्री पछिको सेवामा केन्द्रित गर्दै लगेको छ । ‘हाम्रो सबैभन्दा बढी जोड सर्भिस र स्पेयर पार्ट्समा नै छ । हाम्रो प्रोडक्ट प्रयोग गर्ने कोही पनि ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएर हैरानी खेप्नु नपरोस भन्नेमा हामी सचेत छौ । सोही अनुरुप पछिल्लो समय शोरुमको विस्तारसँगै स्थानिय स्तरमा वर्कशप सञ्चालन गर्ने टेक्निसियनलाई समेत तलिम दिन थालेका हौँ । हाम्रो यो कदमले आगामी दिनमा सिएफ मोटो र जिहो ब्रान्डको मर्मत सम्भार कार्य झनै सहज वन्ने विश्वास छ ’ महाप्रबन्धक जोशीले भने ।

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

वि.सं.२०८१ माघ २८ सोमवार २३:०८

पोखरा । एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ ।...

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना : ६.९९% ब्याजदरमा ८०% फाइनान्सिङ

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना :...

वि.सं.२०८१ माघ २८ सोमवार २१:१९

  काठमाडौं, नेपाल - स्कोडा नेपालले आफ्ना ग्राहकहरूलाई प्रिमियम र...

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट नेपाली खेलाडीलाई यामाहा रेजेड आर १२५ एफआई हाइब्रिडबाट सम्मानित

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट...

वि.सं.२०८१ माघ २६ शनिवार ०५:३६

  काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागितामा आयोजित महिला...

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन,...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:१९

  काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री...

बीवाईडी सिल ०५ डिएम–आइ फेब्रुअरी १० मा चीनमा सार्वजनिक हुने

बीवाईडी सिल ०५ डिएम–आइ फेब्रुअरी १० मा...

वि.सं.२०८१ माघ २२ मंगलवार २२:३८

  काठमाडौँ । बिवाईडीको ओसन सिरिज अन्तर्गतको बीवाईडी सिल ०५...