CG Electronics
IME Life
NIMB

७ जिल्लाका मेकानिक्सलाई सिएफ मोटोले दियो तालिम, दक्ष जनशक्ती उत्पादनमा जोड

NIMB
Himalayan Bank

 

काठमाडौं । सिएफ मोटो नेपालले काठमाडौंमा हालै एक तालिम सम्पन्न गरेको छ । चीनस्थित सिएफ मोटो हेडक्वार्टरको ट्रेनिङ विभागका टिमले काठमाडौंको लिसरा रिसेप्सनमा तालिम दिएका हुन् ।

मसिंर २९ देखी पुष २ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, हेटौडा, बुटवल र पोखराका टेक्निसियन सभागी भएका थिए ।

कार्यक्रम सिएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आयोजना गरेको हो । तालिम सिएफ मोटोका फोर ह्विलर र टु ह्विलर प्रोडक्टको मर्मत सम्भारसँग सम्बन्धित थियो । कम्पनीका महाप्रबन्धक उज्वल जोशीकाअनुसार सिएफ मोटोको उत्पादनलाई ऋषि ट्रेड सेन्टरले बिक्री गर्न थालेपछि बिक्री पछिको सेवामा ध्यान केन्द्रित हुँदै गएको छ ।

‘सिएफ मोटोका उत्पादन नेपाली बजारमा पहिल्यैदेखी बिक्री हुँदै आएको हो । यो ब्रान्डलाई प्रयोग गर्ने केही ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएको गुनासो गर्न थालेपछि हामीले यसको उचित समाधान दिन पहल गर्दै आएका छौ । सर्भिसिङलाई सहज बनाउन स्थानिय स्तरमा वर्कशप सञ्चालन गर्दै आएका मेकानिक्सलाई समेत दक्ष बनाउनु पर्छ भन्ने बुझेर हामीले यो विशेष कार्यक्रमा सम्पन्न गरेका हौँ’, उनले भने ।

ऋषि ट्रेड सेन्टरले सिएफ मोटो र जिहो ब्रान्डको डिलरशिप लिएपछि सबैभन्दा बढी जोड बिक्री पछिको सेवामा केन्द्रित गर्दै लगेको छ । ‘हाम्रो सबैभन्दा बढी जोड सर्भिस र स्पेयर पार्ट्समा नै छ । हाम्रो प्रोडक्ट प्रयोग गर्ने कोही पनि ग्राहकले सर्भिस र स्पेयर पार्ट्स नपाएर हैरानी खेप्नु नपरोस भन्नेमा हामी सचेत छौ । सोही अनुरुप पछिल्लो समय शोरुमको विस्तारसँगै स्थानिय स्तरमा वर्कशप सञ्चालन गर्ने टेक्निसियनलाई समेत तलिम दिन थालेका हौँ । हाम्रो यो कदमले आगामी दिनमा सिएफ मोटो र जिहो ब्रान्डको मर्मत सम्भार कार्य झनै सहज वन्ने विश्वास छ ’ महाप्रबन्धक जोशीले भने ।

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...