Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

परम्परागत चिनियाँ चिकित्सा पद्धतिले उपचार प्रणालीलाई समृद्ध बनाएको छ : मन्त्री गुप्ता

Machhapuchchhre Bank Limited

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ । अस्पतालले आजदेखि सुरू गरेको ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङलगायतले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताउनुभयो । ‘मानव शरीर, प्रकृति र ऊर्जा (क्यूआई) को सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिहरूले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘त्यस्तो विधि नेपालमा पनि सुरू गरिएको छ । यसले यहाँको उपचार प्रणालीलाई पनि समृद्ध बनाउने विश्वास लिएको छु ।’

परम्परागत चिनियाँ चिकित्सा हजारौँ वर्ष पुरानो विधि भएको चर्चा गर्नुहुँदै उहाँले सिभिल अस्पतालमा सकेसम्म धेरै विधिहरूको प्रयोग गरी विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र त्यसले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँले सिभिल अस्पतालको स्थापना र त्यसपछि पनि हालसम्म निरन्तर सहयोग गर्दै आएकामा चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा समेत चिनियाँ सहयोग आवश्यक रहेको चर्चा गर्नुहुँदै उहाँले निरन्तर सहयोगको अपेक्षा गर्नुभएको छ । ‘यस अस्पतालमा सेवा प्रवाहका निम्ति आउनुभएका चिनियाँ विशेषज्ञहरूलाई धन्यवाद दिन चाहान्छु,’ मन्त्री गुप्ताले थप्नुुभयो, ‘इतिहासदेखि नै कायम नेपाल–चीन मित्रताको सम्बन्धलाई थप विस्तारित गर्न यस युनिटले महत्वपूर्ण योगलान दिने विश्वास लिएको छु ।’

सुरू गरिएको सेवालाई सफल बनाउन अस्पतालका स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, मन्त्रालय र सर्वसाधारण सबैको सहयोग आवश्यक रहेको भन्नुहुँदै मन्त्री गुप्ताले अस्पतालको यो नौलो प्रयासलाई सफल बनाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

उद्घाटन कार्यक्रममा चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, आर्थिक तथा वाणिज्य दूत से यू तथा नेपालको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सह–सचिव मिरा आचार्य र परराष्ट्र मन्त्रालयका उपसचिव मणिराम शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपालमा लागि चिनियाँ राजदूत छेन सोङले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल सरकारले २०६४ सालमा गठन आदेशमार्फत कानुनी आधार तयार गरेपछि चीन सरकारको मुख्य सहयोगमा सिभिल अस्पताल स्थापना गरिएको थियो । स्थापनापछि पनि चीन सरकारले निरन्तर सहयोग सहयोग गर्दै आइरहेको छ ।

गुणाकरको राजीनापछि राष्ट्र बैंकमा अन्योल, सक्षम नेतृत्वको खाँचो तीव्र

गुणाकरको राजीनापछि राष्ट्र बैंकमा अन्योल, सक्षम नेतृत्वको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १७:२९

  गर्भनरमा जुनियरको ‘ईन्ट्री’ हुने डरले नेपाल राष्ट्र बैंकका अधिकारीहरु...

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...