CG Electronics
IME Life
NIMB

परम्परागत चिनियाँ चिकित्सा पद्धतिले उपचार प्रणालीलाई समृद्ध बनाएको छ : मन्त्री गुप्ता

NIMB
Himalayan Bank

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ । अस्पतालले आजदेखि सुरू गरेको ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङलगायतले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताउनुभयो । ‘मानव शरीर, प्रकृति र ऊर्जा (क्यूआई) को सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिहरूले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘त्यस्तो विधि नेपालमा पनि सुरू गरिएको छ । यसले यहाँको उपचार प्रणालीलाई पनि समृद्ध बनाउने विश्वास लिएको छु ।’

परम्परागत चिनियाँ चिकित्सा हजारौँ वर्ष पुरानो विधि भएको चर्चा गर्नुहुँदै उहाँले सिभिल अस्पतालमा सकेसम्म धेरै विधिहरूको प्रयोग गरी विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र त्यसले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँले सिभिल अस्पतालको स्थापना र त्यसपछि पनि हालसम्म निरन्तर सहयोग गर्दै आएकामा चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा समेत चिनियाँ सहयोग आवश्यक रहेको चर्चा गर्नुहुँदै उहाँले निरन्तर सहयोगको अपेक्षा गर्नुभएको छ । ‘यस अस्पतालमा सेवा प्रवाहका निम्ति आउनुभएका चिनियाँ विशेषज्ञहरूलाई धन्यवाद दिन चाहान्छु,’ मन्त्री गुप्ताले थप्नुुभयो, ‘इतिहासदेखि नै कायम नेपाल–चीन मित्रताको सम्बन्धलाई थप विस्तारित गर्न यस युनिटले महत्वपूर्ण योगलान दिने विश्वास लिएको छु ।’

सुरू गरिएको सेवालाई सफल बनाउन अस्पतालका स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, मन्त्रालय र सर्वसाधारण सबैको सहयोग आवश्यक रहेको भन्नुहुँदै मन्त्री गुप्ताले अस्पतालको यो नौलो प्रयासलाई सफल बनाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

उद्घाटन कार्यक्रममा चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, आर्थिक तथा वाणिज्य दूत से यू तथा नेपालको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सह–सचिव मिरा आचार्य र परराष्ट्र मन्त्रालयका उपसचिव मणिराम शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपालमा लागि चिनियाँ राजदूत छेन सोङले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल सरकारले २०६४ सालमा गठन आदेशमार्फत कानुनी आधार तयार गरेपछि चीन सरकारको मुख्य सहयोगमा सिभिल अस्पताल स्थापना गरिएको थियो । स्थापनापछि पनि चीन सरकारले निरन्तर सहयोग सहयोग गर्दै आइरहेको छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...