Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ उपत्यका कार्यसमितिमा पण्डित सर्वसम्मत

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको उपत्यका कार्यसमिति सर्वसम्मतले चयन गरिएको छ ।

हालै भएको साधारणसभाले उपत्यका कार्यसमिति काठमाडौंको पाँचौं कार्यकालका लागि रघु पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । यसैगरी प्रथम उपाध्यक्षमा राजेन्द्र सिंखडा, उपाध्यक्षमा कृष्ण बहादुर धिताल, सचिवमा तिलक बहादुर श्रेष्ठ, कोषाध्यक्षमा बालकृष्ण श्रेष्ठ र सह–सचिवमा मिलन रायमाझी सर्वसम्मत भएका छन् ।

त्यस्तै सदस्यहरुमा जावेद अन्सारी, काली प्रसाद दाहाल, विष्णु प्रसाद पण्डित, रविन्द्र बज्राचार्य, अमृत नेपाल र कृष्ण मानन्धरपनि सर्वसम्मत भएको निर्वाचन समितिका संयोजकसमेत रहेका केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विजेन्द्र विक्रम शाहले जानकारी दिए । निर्वाचन समितिमा शाहसहित महासचिव प्रकाश श्रेष्ठ र केन्द्रीय सदस्य राकेश मेहता पनि रहेका थिए ।

साधारण सभा उपत्यका कार्यसमितिमा निवर्तमान अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्व एवं केन्द्रीय अध्यक्ष निमनाथ फुयाँलको प्रमुख आतिथ्यतामा भएको थियो । साधारणसभाले संघलाई अझ सशक्त बनाउने निर्णय गर्दै मसलन्द तथा शैक्षिक सामाग्री क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैबीच, नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको केन्द्रीय २५ औं साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशन भने पुस २७ गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:३४

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा...

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

वि.सं.२०८२ असार २४ मंगलवार २०:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:२९

    काठमाडौं । बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने...

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...