CG Electronics
IME Life
NIMB

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ उपत्यका कार्यसमितिमा पण्डित सर्वसम्मत

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको उपत्यका कार्यसमिति सर्वसम्मतले चयन गरिएको छ ।

हालै भएको साधारणसभाले उपत्यका कार्यसमिति काठमाडौंको पाँचौं कार्यकालका लागि रघु पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । यसैगरी प्रथम उपाध्यक्षमा राजेन्द्र सिंखडा, उपाध्यक्षमा कृष्ण बहादुर धिताल, सचिवमा तिलक बहादुर श्रेष्ठ, कोषाध्यक्षमा बालकृष्ण श्रेष्ठ र सह–सचिवमा मिलन रायमाझी सर्वसम्मत भएका छन् ।

त्यस्तै सदस्यहरुमा जावेद अन्सारी, काली प्रसाद दाहाल, विष्णु प्रसाद पण्डित, रविन्द्र बज्राचार्य, अमृत नेपाल र कृष्ण मानन्धरपनि सर्वसम्मत भएको निर्वाचन समितिका संयोजकसमेत रहेका केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विजेन्द्र विक्रम शाहले जानकारी दिए । निर्वाचन समितिमा शाहसहित महासचिव प्रकाश श्रेष्ठ र केन्द्रीय सदस्य राकेश मेहता पनि रहेका थिए ।

साधारण सभा उपत्यका कार्यसमितिमा निवर्तमान अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्व एवं केन्द्रीय अध्यक्ष निमनाथ फुयाँलको प्रमुख आतिथ्यतामा भएको थियो । साधारणसभाले संघलाई अझ सशक्त बनाउने निर्णय गर्दै मसलन्द तथा शैक्षिक सामाग्री क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैबीच, नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको केन्द्रीय २५ औं साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशन भने पुस २७ गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने भएको छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...