CG Electronics
IME Life
NIMB

विराट एक्स्पोमा डिजिटल व्यवसायिक सहकार्यको नयाँ युग : बीटुबी पेभिलियन

NIMB
Himalayan Bank

विराटनगर । विराटनगरको डिग्री कलेजको मैदानमा माघ ११ गतेदेखि सुरु हुने विराट एक्स्पो २५ मा विराट बजार विटुवि पेभिलियन औधोगिक र व्यवसायीक विकास तथा व्यवसायीक सहकार्यलागि महत्वपूर्ण हुने छ । यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यकालागीे भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन ।

यो पेभिलियनमा औद्योगिक विकासका लागी व्यवसायीक विकासका सेवाहरुको इकोशिष्टम अभिबृद्धि गर्न एक्स्पोको मूख्य कार्यक्रमहरु उजागर गर्ने यस पेभिलियनलाई आयोजक उद्योग संगठनले सेन्टर फर एक्सीलेन्सका रुपमा प्रस्तुत गर्दै छ ।

पेभिलियन अन्र्तगत बिटुबि डेष्कमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यकालागीे भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन । बिशेषगरी एसएमईसहरुसँग अन्य उद्योगहरुको व्यवसायीक सम्पर्क बढाउने गरि यसले काम गर्ने छ ।

त्यसैगरी बजार प्रवर्धनकालागी मेरो देश मेरै उत्पादन, विजनेश क्लिीनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, बैदेशिक लगानीको प्रकृया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सुचनाहरु भएको एकिकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जि ईफिसियन्सी कार्यक्रम, ईण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरुको डिजिटलाईजेशन भर्सन सहितको एकीकृत सेवाहरुको व्यवस्था यो पेभिलियनमा गरिने छ ।

त्यसैगरी एक्स्पोमा विराट बजार विटुवि प्लेटफर्म पेभिलियनको पनि व्यवस्था हुने छ । यो पेभिलियनले विशेषगरी छरिएर रहेका लघु घरेलु साना उद्योग, स्टार्टअप उद्योगहरुको उत्पादनको बजार खोजी गर्न, ठुला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरुसंग व्यवसायीक सम्बन्ध स्थापीत गराउने देखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामाग्री सहजरुपमा प्राप्त गर्न सहजिकरण गर्न उद्योग संगठनले यो अवधारणा अघि सारेको हो ।

यो अवधारणा अन्र्तगत डिजिटल प्लेटफर्ममा उद्यमी व्यवसायीहरुले आफ्नो चाहाना र आवश्यकता पोष्ट गरेपछि सिष्टमले नै अर्को त्यस्तै सामाग्री खोज्ने वा आपूर्ति गर्ने उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खानेगरी यो प्लेटफम तयार गरिएको संगठनले जनाएको छ ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...