CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकले मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

NIMB
Himalayan Bank

 

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशमा विप्रेषण प्रापक तथा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य वित्तीय साक्षरता प्रवर्द्धन गरी लक्षित वर्गको वित्तीय सशक्तिकरणमा योगदान पुग¥याउनु हो।

बिफक्याप नेपालको व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा कुल १०३ जनाले सहभागिता जनाएका थिए। कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता तालिम प्राप्त प्रशिक्षक सुमनराज सुवेदीले प्रस्तुतीकरण दिएका थिए।

कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो :

 

२०८१ साल माघ २१ गते : बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानामा विप्रेषण प्रापकहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। यसमा ५१ जना स्थानीय महिला तथा पुरुषहरुले सहभागिता जनाएका थिए।

२०८१ साल माघ २२ गते : पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १ बेल्वा स्थित नौकाटोलामा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। यसमा ५२ जना स्थानीय युवाहरुले सहभागिता जनाएका थिए।

कार्यक्रममा वित्तीय सेवा सम्बन्धी ज्ञान, बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन लगायतका विषयहरुमा जानकारी दिइएको थियो।

सिद्धार्थ बैंकले वित्तीय साक्षरतालाई प्राथमिकतामा राखी विभिन्न लक्षित समूहहरुलाई यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। बैंकले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने योजना बनाएको छ। यसले गर्दा समुदायमा वित्तीय साक्षरता बढाउन र वित्तीय सशक्तिकरणमा ठूलो योगदान दिन सक्ने अपेक्षा छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...