Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिद्धार्थ बैंकले मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

 

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशमा विप्रेषण प्रापक तथा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य वित्तीय साक्षरता प्रवर्द्धन गरी लक्षित वर्गको वित्तीय सशक्तिकरणमा योगदान पुग¥याउनु हो।

बिफक्याप नेपालको व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा कुल १०३ जनाले सहभागिता जनाएका थिए। कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता तालिम प्राप्त प्रशिक्षक सुमनराज सुवेदीले प्रस्तुतीकरण दिएका थिए।

कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो :

 

२०८१ साल माघ २१ गते : बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानामा विप्रेषण प्रापकहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। यसमा ५१ जना स्थानीय महिला तथा पुरुषहरुले सहभागिता जनाएका थिए।

२०८१ साल माघ २२ गते : पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १ बेल्वा स्थित नौकाटोलामा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। यसमा ५२ जना स्थानीय युवाहरुले सहभागिता जनाएका थिए।

कार्यक्रममा वित्तीय सेवा सम्बन्धी ज्ञान, बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन लगायतका विषयहरुमा जानकारी दिइएको थियो।

सिद्धार्थ बैंकले वित्तीय साक्षरतालाई प्राथमिकतामा राखी विभिन्न लक्षित समूहहरुलाई यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। बैंकले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने योजना बनाएको छ। यसले गर्दा समुदायमा वित्तीय साक्षरता बढाउन र वित्तीय सशक्तिकरणमा ठूलो योगदान दिन सक्ने अपेक्षा छ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...