CG Electronics
IME Life
NIMB

लामिनारले नेपालको पहिलो फुल–बडी टाइल संग्रह “सेन्टो” सार्वजनिक गर्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले देशकै पहिलो फुल–बडी टाइल संग्रह “सेन्टो” सार्वजनिक गरेको छ। यसले लामिनारको प्रिमियम टाइल संग्रहलाई अझ विस्तार गर्दै बजारमा उत्कृष्ट गुणस्तर, टिकाउ र बलियो टाइलको विकल्प प्रस्तुत गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहमा गत सोमबार औपचारिक रूपमा सेन्टो टाइल संग्रह सार्वजनिक गरेका थिए। लामिनार टाइल्स यस वर्षको बिल्डकन एक्स्पोको प्रमुख प्रायोजक पनि रहेको छ।

सेन्टो टाइलको बनावट प्राकृतिक ढुंगाजस्तै भएकाले यसमा घर्षण वा चोटपटकको असर न्यून छ। लामिनार टाइल्सका उत्पादक लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार, PEI रेटिङ्ग ५ भएको सेन्टो टाइल उच्च आवतजावत भएका स्थानहरू जस्तै विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग र सडकपेटीमा प्रयोगका लागि उपयुक्त छ।

आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा सेन्टो टाइलले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट प्रदर्शन गरेको छ। १५ मिमी मोटाइ भएका सेन्टो टाइलले निम्न गुणहरूमा ग्रेनाइटलाई पछाडि पारेको छ:

  • Modulus of Rupture (MOR): सेन्टो – ५०.२९ N/mm² | ग्रेनाइट – १४.७५ N/mm²
  • Breaking Strength: सेन्टो – ६०५६ N | ग्रेनाइट – १५८८.० N
  • MOH’s Hardness: सेन्टो – ९ | ग्रेनाइट – ३
  • Surface Abrasion Resistance: सेन्टो – Class ५ | ग्रेनाइट – Class २

रासायनिक प्रतिरोध परीक्षणमा पनि सेन्टो टाइलले उत्कृष्ट नतिजा देखाएको छ। यसले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा अम्ल र क्षारको प्रतिरोध जस्ता सबै परीक्षणहरू पास गरेको छ।

नेपाली उपभोक्ताहरूका लागि सेन्टो टाइल घर वा कार्यालयका भ¥याङ्गहरूमा प्रयोग हुने ग्रेनाइट वा मार्बलको विकल्प बनेको छ। यो किफायती, कहिल्यै नखुईलिने, अधिक टिकाउ र दिगो छ भने यसमा उत्कृष्ट पकड गुण पनि छ।

आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले सेन्टो टाइल संग्रहलाई आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरूका लागि उत्तम विकल्प बनाएको छ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...