CG Electronics
Ncell NPL
NIMB

सरिना जी ट्रेडले गर्यो इभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सरिना जी ट्रेड प्रालि लिमिटेडले इभी ट्याक्सी हस्तान्तरण गरेको छ । आइतबार एक विशेष समारोहकाबीच बुकिङ गरिएका ट्याक्सीहरु हस्तान्तरण गरिएका हुन् ।

उक्त हस्तान्तरण समारोमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश सरकारले नीति बनाएर काम गरिरहेको बताए । उनले ट्याक्सीहरुको राम्रो व्यवस्थापन गर्न साथै नागरिक र व्यवसायीविच सम्बन्ध कायम गर्ने गरी नीति ल्याइएको बताए ।

उनले भने, ‘बागमती प्रदेश सरकारले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि एउटा नीति बनाएका छौं । जुन नीतिको आधारमा इभी ट्याक्सी व्यवस्थित हुने विश्वास छ । बागमती प्रदेश सरकारले नागरिक र सबैको सम्बन्ध कायम गर्नेगरी नीति ल्याएको छ । सबैले चढ्न सक्ने खालको ट्याक्सीको अवधारणा तयार गरेर नीति तयार गरिएको छ ।’


समारोहमा बाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले इभी ट्याक्सीको व्यवस्थापनमा सरकार गम्भीर रहेको बताए । सरिना जी ट्रेड प्रालि लिमिटेडका संचालक राजु श्रेष्ठले इभी ट्याक्सीको आयात र विक्री वितरणमा सरकारले सहज नीति अवलम्बन गर्नुपर्ने बताए । उनले ठूला र मझौला व्यवसायीका समस्यालाई एकमुष्ट सम्बोधन गर्नेगरी सरकारले कार्यक्रमहरु ल्याउनेपर्ने औंल्याए ।

सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी इभीइजीको बुकिङ खुला भएसँगै हस्तान्तरण गरिएका हुन् । जेएमइभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरि बुकिङ गरिएका थिए ।
जेएमइभीको सेडान कार जीएसइलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो ।


इभीइजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ ।

एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस इभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले नौं घण्टा र डिसी चार्जरले एक घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टी दिएको छ ।

यस ट्याक्सीको लम्बाई ४६७५ एमएम, चौडाई १८३५ एमएम र उचाई १४८० एमएम तथा ह्विलवेश २७५० एमएम छ, भने ग्राउन्ड क्लिरियन्स १७० एमएम दिइएको छ । साथै यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम उपलब्ध गराइएको छ ।

आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सीमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीनवटा ड्राइभी मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ ।

साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता बिशेषता छन् ।

सेफ्टि फिचर अन्तर्गत यसमा दुईवटा एयरब्याग, इबिडी ब्रेकिङ सिस्टमसहितको एबिएस, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर र एन्टि पिन्च विन्डो ग्लासलगायत छन् ।

 

CG Electronics
२७औँ वार्षिकोत्सवका अवसरमा क्यान्सर सचेतना तथा निःशुल्क स्क्रिनिङ कार्यक्रम सम्पन्न

२७औँ वार्षिकोत्सवका अवसरमा क्यान्सर सचेतना तथा निःशुल्क...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:४७

  काठमाडौँ। नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सहकार्यमा  प्रसारण हुँदै आएको...

कोका–कोला र क्रिएसनको साझेदारीमा वर्षभरि दिगो सरसफाइ पहल, महाशिवरात्रिअघि शुभारम्भ

कोका–कोला र क्रिएसनको साझेदारीमा वर्षभरि दिगो सरसफाइ...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:३२

  काठमाडौँ। कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’...

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२७

काठमाडौं।अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले...

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२५

  काठमाडौँ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स कम्पनी...

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:२०

  काठमाडौँ । नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको...

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा...

वि.सं.२०८२ फागुन २ शनिवार २३:३४

  नेपाल। विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले नेपालका...