Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

समाज डेन्टल अस्पतालको सहयोगमा निशुल्क दन्त शिविर सम्पन्न

 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित तेज बिनायक मा.वि. मा समाज डेन्टल अस्पताल, पेप्सिकोलाको सहयोगमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ। शिविरमा करिब ८०० विद्यार्थीले निशुल्क दन्त परीक्षण गराएका छन्।

समाज डेन्टल अस्पताल, पेप्सिकोलाकी प्रमुख एलिना दाहालले समाज डेन्टलको समाजिक उत्तरदायित्व अन्तर्गत यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरिएको बताउँदै, बालबालिकाहरूको दन्त स्वास्थ्यप्रति अभिभावकहरूले बढी ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरिन ।

नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यूका तालिम दल अध्यक्ष बिदुर गिरीले समाजप्रति आफ्नो कर्तव्य पूरा गर्ने क्रममा यस्तो शिविर आयोजना गरिएको बताए। उनले विद्यार्थीहरूलाई बाल्यकालदेखि नै दन्त स्वास्थ्यप्रति सचेत गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

यसैगरी, विद्यालयमा कार्यरत स्काउटर कुशल कार्कीले यस्तो शिविर आयोजना गर्न पाउँदा खुसी व्यक्त गर्दै, समस्याको पहिचान गर्नु भनेको विद्यार्थीहरूलाई थप उपचारमा सहायता पुग्ने बाटो खोल्नु हो भन्ने धारणा राखे।

बिद्यालयका प्राचार्य ओम कुमार श्रेष्ठले अभिभावकहरूले आफ्ना सन्तानलाई बिरामी परेपछि मात्र अस्पताल लैजाने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने धारणा राखे। उनले आँखा, दाँत र कानजस्ता स्वास्थ्य समस्यालाई बेलैमा जाँच गराउनुपर्नेमा जोड दिँदै, विद्यालयका धेरै विद्यार्थीमा दन्त समस्या देखिएकाले यस्तो शिविरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

शिविरमा सहभागी विद्यार्थीहरूले निशुल्क सेवा, ब्रश, मन्जन लगायतका सामग्री प्राप्त गरेका थिए। अभिभावक तथा विद्यालय प्रशासनले पनि आगामी दिनमा यस्ता कार्यक्रम पुनः सञ्चालन गरिने अपेक्षा राख्दै नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यू तथा समाज डेन्टल अस्पताललाई धन्यवाद दिएका छन्।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...