Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा काठमाण्डौँको नक्शालस्थित अम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ। साधारण सभामा अध्यक्ष श्री हेमराज ढकालले बीमा क्षेत्र नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै निर्जीवन बीमाले विपद् तथा जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले कम्पनीले दुई दशकभन्दा लामो समयदेखि नागरिकको जीवनमा आउने जोखिम न्यूनीकरणमा योगदान दिँदै आएको जानकारी गराए।

सभामा उनले समीक्षावर्षमा निर्जीवन बीमा कम्पनीहरूले रु. ४१.४७ अर्ब बीमाशुल्क आर्जन गरेको जानकारी गराउँदै, यसमा २.८ प्रतिशतको वृद्धि भएको उल्लेख गरे। यसैगरी, कुल गार्हस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ प्रतिशत तथा कुल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको जानकारी गराए। समीक्षावर्षमा कम्पनीले ३.६३ अर्ब बीमा शुल्क आर्जन गरी अघिल्लो वर्षको तुलनामा ७.१२ प्रतिशतले वृद्धि गरेको जानकारी दिइयो।

९.७३ प्रतिशत नगद लाभांश स्वीकृत

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई ९.७३६८ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ। यसअनुसार, शेयरधनीहरूलाई रु. २९ करोड ४९ लाख ६१ हजार ५३० (कर सहित) नगद लाभांश वितरण गरिनेछ।

नयाँ भवन निर्माण अन्तिम चरणमा

कम्पनीले आफ्नै जग्गामा निर्माण गरिरहेको ११ तल्ले भवन अन्तिम चरणमा पुगेको जानकारी गराउँदै, आगामी ६ महिनाभित्र यसको निर्माण कार्य पूरा हुने अपेक्षा गरिएको छ। साथै, कम्पनीले विभिन्न प्रदेशहरूमा समेत आफ्नै भवन निर्माणको अवधारणा अघि बढाइरहेको जानकारी दिइयो।

व्यापक उपस्थितिको विस्तार

बीमाको पहुँच देशभर विस्तार गर्ने लक्ष्यसहित कम्पनीले सातै प्रदेशमा ६९ वटा शाखा तथा उपशाखा र १४ वटा सेवा काउन्टरमार्फत ८३ स्थानमा सेवा दिइरहेको छ। कम्पनीसँग ५०१ जना कर्मचारी रहेका छन्, जसमा ४५.७९ प्रतिशत महिला छन्। यस्तै, ४०० अभिकर्ता र १९१ सर्भेयरमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिँदै आएको छ।

बीमा बजारमा चौथो स्थानमा कम्पनी

कम्पनीले समीक्षावर्षमा बीमा प्रिमियम संकलन ७.१२ प्रतिशतले वृद्धि गर्दै रु. ३ अर्ब ६३ करोड ६१ लाख पुर्‍याएको छ। साथै, नेपाल सरकारलाई विभिन्न करबापत रु. ८० करोड ५० लाख भुक्तानी गरी ३५.८० प्रतिशत वृद्धि गरेको छ। कम्पनीले हाल बीमा बजारमा चौथो स्थान हासिल गरेको छ र यसलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ।

कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले कम्पनीको निरन्तर वृद्धिमा ग्राहक, लगानीकर्ता, नियमनकारी निकाय र सहकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको बताए। कम्पनीले गुणस्तरीय व्यवसायमा विशेष ध्यान दिँदै नियम तथा निर्देशनहरूको परिपालना गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरियो।

शेयरधनी तथा नियमनकारी निकायलाई धन्यवाद

साधारण सभाको समापनमा अध्यक्ष श्री हेमराज ढकालले शेयरधनीहरूको माया, विश्वास तथा सुझावप्रति आभार व्यक्त गरे। साथै, नेपाल सरकार, बीमा प्राधिकरण तथा सम्बन्धित सबै नियमनकारी निकायहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी...

वि.सं.२०८२ असार २३ सोमवार २३:४१

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम...

वि.सं.२०८२ असार २२ आइतवार २१:४१

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२३

  काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’...

वि.सं.२०८२ असार २० शुक्रवार १५:०६

काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ...