CG Electronics
IME Life
NIMB

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा काठमाण्डौँको नक्शालस्थित अम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ। साधारण सभामा अध्यक्ष श्री हेमराज ढकालले बीमा क्षेत्र नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै निर्जीवन बीमाले विपद् तथा जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले कम्पनीले दुई दशकभन्दा लामो समयदेखि नागरिकको जीवनमा आउने जोखिम न्यूनीकरणमा योगदान दिँदै आएको जानकारी गराए।

सभामा उनले समीक्षावर्षमा निर्जीवन बीमा कम्पनीहरूले रु. ४१.४७ अर्ब बीमाशुल्क आर्जन गरेको जानकारी गराउँदै, यसमा २.८ प्रतिशतको वृद्धि भएको उल्लेख गरे। यसैगरी, कुल गार्हस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ प्रतिशत तथा कुल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको जानकारी गराए। समीक्षावर्षमा कम्पनीले ३.६३ अर्ब बीमा शुल्क आर्जन गरी अघिल्लो वर्षको तुलनामा ७.१२ प्रतिशतले वृद्धि गरेको जानकारी दिइयो।

९.७३ प्रतिशत नगद लाभांश स्वीकृत

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई ९.७३६८ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ। यसअनुसार, शेयरधनीहरूलाई रु. २९ करोड ४९ लाख ६१ हजार ५३० (कर सहित) नगद लाभांश वितरण गरिनेछ।

नयाँ भवन निर्माण अन्तिम चरणमा

कम्पनीले आफ्नै जग्गामा निर्माण गरिरहेको ११ तल्ले भवन अन्तिम चरणमा पुगेको जानकारी गराउँदै, आगामी ६ महिनाभित्र यसको निर्माण कार्य पूरा हुने अपेक्षा गरिएको छ। साथै, कम्पनीले विभिन्न प्रदेशहरूमा समेत आफ्नै भवन निर्माणको अवधारणा अघि बढाइरहेको जानकारी दिइयो।

व्यापक उपस्थितिको विस्तार

बीमाको पहुँच देशभर विस्तार गर्ने लक्ष्यसहित कम्पनीले सातै प्रदेशमा ६९ वटा शाखा तथा उपशाखा र १४ वटा सेवा काउन्टरमार्फत ८३ स्थानमा सेवा दिइरहेको छ। कम्पनीसँग ५०१ जना कर्मचारी रहेका छन्, जसमा ४५.७९ प्रतिशत महिला छन्। यस्तै, ४०० अभिकर्ता र १९१ सर्भेयरमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिँदै आएको छ।

बीमा बजारमा चौथो स्थानमा कम्पनी

कम्पनीले समीक्षावर्षमा बीमा प्रिमियम संकलन ७.१२ प्रतिशतले वृद्धि गर्दै रु. ३ अर्ब ६३ करोड ६१ लाख पुर्‍याएको छ। साथै, नेपाल सरकारलाई विभिन्न करबापत रु. ८० करोड ५० लाख भुक्तानी गरी ३५.८० प्रतिशत वृद्धि गरेको छ। कम्पनीले हाल बीमा बजारमा चौथो स्थान हासिल गरेको छ र यसलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ।

कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले कम्पनीको निरन्तर वृद्धिमा ग्राहक, लगानीकर्ता, नियमनकारी निकाय र सहकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको बताए। कम्पनीले गुणस्तरीय व्यवसायमा विशेष ध्यान दिँदै नियम तथा निर्देशनहरूको परिपालना गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरियो।

शेयरधनी तथा नियमनकारी निकायलाई धन्यवाद

साधारण सभाको समापनमा अध्यक्ष श्री हेमराज ढकालले शेयरधनीहरूको माया, विश्वास तथा सुझावप्रति आभार व्यक्त गरे। साथै, नेपाल सरकार, बीमा प्राधिकरण तथा सम्बन्धित सबै नियमनकारी निकायहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...