CG Electronics
IME Life
NIMB

मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं

NIMB
Himalayan Bank

 

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद शर्माले दुरदराजमा रहेका मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौको भृकृटीमण्डपमा २६औं फ्रोला एक्स्पो २०८१ को उद्घाटन गर्दै उनले बाहिरबाट आयातित फूलका विरुवाहरु भन्दा गुणस्तरीय विरुवा नेपालका वनजंगलमा रहेको भन्दै यसको व्यवसायी खेती नीजि क्षेत्रले सुरुवात गरे सरकारले पनि साथ दिने बताए ।

उनले भने, ‘नेपालमा जतिपनि आयतित फूलका विरुवाहरु छन् ति भन्दा राम्रा गुणस्तरीय बस्तु नेपालका वनजंगलमा छन् । नेपालका विविध ठाँउहरुमा छन् । दोलखा र सिन्धुपाल्चोकमा थरीथरीका सयपत्रीहरु देखिन्छ । हामीले खाद्यन्न, तरकारीहरुमा यहाँका रैथाने मौलिक बस्तुहरुलाई रजिस्ट्रेशन गर्न सुरु गरेका छौ । रैथाने फुल, रैथाने विरुवाहरुलाई रजिस्टेशनको प्रोसेसमा ल्याउन पर्यो । ति हाम्रा मौलिक विरुवाहरु दुरदराजमा रहेका छन् । सहर बजारमा ल्याएर तीनको पनि व्यवसायी खेती नीजि क्षेत्रले सुरुवात गरे हामी सहजीकरण गर्छौ ।’

सोही क्रममा बागमती प्रदेश कृषि तथा पशुपक्षी बिकासमन्त्री प्रकाश श्रेष्ठले नीति, नियम र कानूनका बारेमा गुनासो आएको भन्दै कानूनको कुरामा अन्यौलमा पर्न आवश्यक नभएको बताए ।

उनले भने, ‘तीन तहको सरकार भइसकेपछि संघीय सरकार, प्रदेश र स्थानीयको अधिकार क्षेत्र अन्यौलमा छ । विकासको प्रभावकारितामा हामीले खासै उपलब्धी हासिल गर्न सकेनौ । नीति, नियम र कानूनमा केही समस्याहरु देखा परेको होकी भन्ने जुन खालको गुनासो आएको छ, यहाँ विश्वस्त बनाउन चाहन्छु अन्यौलमा पर्न आवश्यक छैन् । संघीय सरकारले दिएका अधिकारहरुलाई प्रयोग गर्दै बागमती प्रदेश सरकारले पुष्प व्यवसायको प्रवद्र्धन र विकासको लागि थप प्रभावकारी कार्यक्रमहरुलाई नीति निर्माणमा परिमार्जन गर्दै कार्यक्रमहरु अघि सारेको छ ।’

यस्तै, उनले चार दिनसम्म चल्ने प्रदर्शनीले बागमती प्रदेश क्षेत्रभित्रको पुष्प व्यवसायलाई प्रवद्र्धन र विकासमा थप टेवा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल कृषिजन्य वस्तु आयात गर्ने देश भएको भन्दै सरकारले देशको कृषि र उद्योगलाई संरक्षण गर्ने हो भने कृषिमा आत्म निर्भर हुन सक्ने बताए ।

उनले भने, ‘कृषिलाई केही काम गर्न नसकेपछि गर्ने काम जस्तो गरेर व्याख्या गरिने गरेको छ । तर यसलाई हामीले संशोधन गर्नुपर्छ, अब हामीले दशैँ तिहारमा टिका लगाउँदा कृषक बनोस भनेर आशिर्वाद दिनुपर्छ । कृषि नै हाम्रो देशको सबैभन्दा ठूलो इज्जत र गरिमा थियो र यसलाई अब फेरि हामीले अगाडि बढाउनु पर्छ । हामी अहिले कृषिजन्य वस्तु आयात गर्ने देश भएका छौ, त्यसकारण देशको कृषि र उद्योगलाई संरक्षण गर्नु सरकारको दायित्व हो । कृषिमा आत्मनिर्भएर हुन सक्यो भने निर्यात गर्न सक्ने देश भन्ने छौ ।’

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...