CG Electronics
IME Life
NIMB

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार मूल्य निर्धारणमा महानिर्देशकको जिम्मेवारी बढी हुने बताएका छन् ।

शुक्रबार अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलमा उनले भन्सार अधिकृतले भन्सार मूल्य निर्धारण गर्दा जुन प्रक्रियामार्फत गर्छन त्यसमा शंका लागेका पुनःमूल्य निर्धारण गर्ने व्यवस्था राखिएको उल्लेख गरे ।

उनले भने,‘दफा ४२ मा प्रक्रिया अनुसार नगरेको अथवा निर्धारित मूल्यमा शंकास्पद लाग्यो भने महानिर्देशकले त्यसलाई समिक्षा गर्नको लागि पुनः मूल्य निर्धारण गर्न आदेश दिनसक्ने भनेर दफाहरु राखिएको छ । जसले गर्दा कतै गल्ती भयो भने अर्कोतिर सच्चाउन सकिन्छ भन्ने हिसाबले पनि राखिएको हो ।’

महानिर्देशकले आदेश दिएमा भन्सार अधिकृतले पनि त्यो आदेश ३० दिनभित्र पुनः भन्सार मूल्य निर्धारण गरेर महानिर्देशकलाई जानकारी दिनेगरी कर्तव्य पूरा गर्नुपर्ने उनले बताए ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले महानिर्देशकले कस्तो अवस्थामा पुनःचेकजाँच गर्छ भन्ने कुरा सबैले बुझनुपर्ने बताए ।

‘कुनै बस्तुको जाँचपास भएर गोदाममा गयो तर शंका लागेर पुनःजाँच गर्नुपर्छ भनेर महानिर्देशकले भन्नसक्छ ।तर लामो समयसम्म सामान गोदाममै राख भनेको होइन् । गोदाममा गएर विक्री भइसकेको वस्तुको पनि मूल्य निर्धारण गर्न सक्छौ भनेको हो । त्यो पनि ९० दिनभित्र मात्र हो ।

महानिर्देशकले पत्र लेखेपछि भन्सार अधिकृतले पनि ३० दिन भित्रमा निर्णय गरिसक्नुपर्छ भन्ने हो,’ उनले भने ।
चार बर्षसम्म सामान नराखेको जानकारी दिंदै जाँचपास र धरौटी बुझाएर लैजान सकिने पनि उनले बताए ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...