CG Electronics
IME Life
NIMB

वाणिज्य विभाग द्वारा उद्योग तथा फर्महरूको निरन्तर अनुगमन तथा कारबाही

NIMB
Himalayan Bank

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन पाइएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा कारबाही गरेको छ । अनुगमनका क्रममा एउटा फर्मको बिक्री रोक्काको सहित ८ फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

‘स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नाराका साथ गरिएको अनुगमनका क्रममा स्पार्क अटो केयर प्रा. लि. (काठमाडौं महानगरपालिका–८) बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ६ वटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

गौरङ्ग सारीज प्रा. लि. (काठमाडौं महानगरपालिका–३१), सी.जी. मोटर्स प्रा. लि. (ललितपुर महानगरपालिका–०२), एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा. लि. (विराटनगर महानगरपालिका–०९), सिजन आई.टी. (काठमाडौं महानगरपालिका–२२), अर्बन गेअर्स (काठमाडौं महानगरपालिका–३१), गाभिनो फेशन वेयर (काठमाडौं महानगरपालिका–३१) लाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
भी.जी. अटोमोबाइल्स प्रा. लि. (काठमाडौं महानगरपालिका)को भने बिक्री वितरण फुकुवा गरिएको छ ।

विभागले उपभोक्ताको हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ। उपभोक्ता अधिकार सुनिश्चित गर्न व्यवसायहरूले कानुनी प्रावधानहरू पूर्ण रूपमा पालना गर्नुपर्ने विभागको भनाइ छ ।

विभागका अनुसार २० चैत देखि सबै सामग्रीहरूमा अधिकतम खुद्रा मूल्य(एमआरपी) अनिवार्य गरिएको छ । विभागका महानिर्देशक कुमार दहालले भने, ‘जोखेर वा नापेर विक्री गर्ने बाहेकका सबै सामग्रीमा एमआरपी अनिवार्य गरेका हौँ ।

जसले गर्दा स्वच्छ तथा पारदर्शी बजार हुनेछ, सानो सामग्री देखि ठुला गाडीहरूमा सम्म सबैमा एमआरपी उल्लेख हुनुपर्ने छ ।’उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कडा निर्देशनमा विभागले उपभोक्ता ठगी हटाउन एक्सन लिएका हुन् ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...