Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रधानमन्त्री ओलीको थाइल्यान्डमा उपप्रधानमन्त्रीबाट स्वागत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक पुगिसकेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक पुगेका हुन् ।
उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरे ।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर...

वि.सं.२०८२ असार २२ आइतवार २१:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२७

  हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३...