Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा सरकारद्वारा लिइएका नीतिगत निर्णयहरू र तिनको कार्यान्वयनबीच समन्वय नहुँदा गम्भीर संकट उत्पन्न भएको जनाएको छ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नवनिर्वाचित कार्यसमितिसँग विशेष छलफलका क्रममा इप्पानका पदाधिकारीहरूले सरकार नीतिगत रूपमा सकारात्मक देखिए पनि त्यसको कार्यान्वयनमा गम्भीर कमजोरी रहेको आरोप लगाए।

इप्पानका अध्यक्ष गणेश कार्कीले २३ अर्ब रुपैयाँ बराबरको जलविद्युत् परियोजनाको आईपीओ सेबोनमा रोकिएको उल्लेख गर्दै, वनसम्बन्धी मुद्दा र संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी सर्वोच्च अदालतको हालैको फैसलाले थप संकट निम्त्याएको बताए। उनले फैसलाको पूर्णपाठप्रति आशा रहेको धारणा राखे।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले ऊर्जा क्षेत्रलाई कृषि र पर्यटनभन्दा अगाडि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै, सरकारका निकायहरू मार्गचित्र कार्यान्वयनमा गम्भीर नदेखिएको बताए।

उपाध्यक्ष उत्तम भ्लोन लामाले विचौलियाहरूको चलखेलका कारण ऊर्जा व्यवसायी अन्यायमा परेको र सरकारकै कारण उद्यमीहरूले ३ अर्बभन्दा बढी ब्याज तिर्न बाध्य भएको गुनासो गरे। समस्या समाधान नभए आन्दोलनमा जानुपर्ने चेतावनीसमेत उनले दिए।

कार्यक्रममा इप्पान र इमानबीच सहकार्य बलियो बनाउने सहमति भएको छ। इमान अध्यक्ष रोयल आचार्यले ऊर्जा क्षेत्रका जायज मागहरूमा सधैं साथ रहने प्रतिबद्धता जनाए।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...