CG Electronics
IME Life
NIMB

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

NIMB
Himalayan Bank

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा सरकारद्वारा लिइएका नीतिगत निर्णयहरू र तिनको कार्यान्वयनबीच समन्वय नहुँदा गम्भीर संकट उत्पन्न भएको जनाएको छ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नवनिर्वाचित कार्यसमितिसँग विशेष छलफलका क्रममा इप्पानका पदाधिकारीहरूले सरकार नीतिगत रूपमा सकारात्मक देखिए पनि त्यसको कार्यान्वयनमा गम्भीर कमजोरी रहेको आरोप लगाए।

इप्पानका अध्यक्ष गणेश कार्कीले २३ अर्ब रुपैयाँ बराबरको जलविद्युत् परियोजनाको आईपीओ सेबोनमा रोकिएको उल्लेख गर्दै, वनसम्बन्धी मुद्दा र संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी सर्वोच्च अदालतको हालैको फैसलाले थप संकट निम्त्याएको बताए। उनले फैसलाको पूर्णपाठप्रति आशा रहेको धारणा राखे।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले ऊर्जा क्षेत्रलाई कृषि र पर्यटनभन्दा अगाडि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै, सरकारका निकायहरू मार्गचित्र कार्यान्वयनमा गम्भीर नदेखिएको बताए।

उपाध्यक्ष उत्तम भ्लोन लामाले विचौलियाहरूको चलखेलका कारण ऊर्जा व्यवसायी अन्यायमा परेको र सरकारकै कारण उद्यमीहरूले ३ अर्बभन्दा बढी ब्याज तिर्न बाध्य भएको गुनासो गरे। समस्या समाधान नभए आन्दोलनमा जानुपर्ने चेतावनीसमेत उनले दिए।

कार्यक्रममा इप्पान र इमानबीच सहकार्य बलियो बनाउने सहमति भएको छ। इमान अध्यक्ष रोयल आचार्यले ऊर्जा क्षेत्रका जायज मागहरूमा सधैं साथ रहने प्रतिबद्धता जनाए।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...