CG Electronics
IME Life
NIMB

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कम्पनीका संचालक कमलेश कुमार अग्रवालले चुनौतीपूर्ण अवस्थाका बावजुद पनि कम्पनीले प्राप्त गरेका उपलब्धिका निम्ति सम्पूर्ण प्रगतिका सहयात्रिहरूलाई हृदयदेखिनै धन्यवाद ज्ञापन र आगामी दिनमा कम्पनीले लिएको लक्ष्यलाई प्राप्ति गर्नका निम्ति सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

उनले जीवन बिमा व्यवसाय एकदमै सेन्सिटिभ क्षेत्र रहेको बताए । जीवन बिमा पोलिसी एउटा सामान्य दस्तावेज मात्र नभई यो भविष्य निर्धारण गर्ने आधारशिला र जीवनयापन गर्ने माध्यम रहेको उनको भनाई छ ।

बजारमा रहेको जोखिमलाई खरिद गरी मान्छेको जीवनलाई सहज बनाउन बिमा कम्पनीले अतुलनीय भूमिका खेल्ने र त्यसका निम्ति सम्पूर्ण नेपाल लाइफकर्मीहरूलाई बिमाको चेतना अभिवृद्धि गर्न आग्रह गरे ।

उनले सफलता कुनै चामत्कारिक घटना नभई टिमको जोश, जाँगर, इमान्दारिता, परिश्रम, दीर्घकालीन सोच, रणनीतिको तर्जुमा र त्यसको सही कार्यान्वयनको समिश्रण रहेको बताए ।

विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिदै आजको अवस्थामा आएको यस कम्पनीले बिमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताए । जीवन बिमाको बजारीकरण, सचेतना तथा बिमा बजारको विकास र बिमाको पहँुचलाई आम नागरिक बीच पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमामा बाल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खट्ने कर्मचारीहरू, अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन गरे । कम्पनीले २५ औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा विश्वस्त रहेको बताए ।

चालु आर्थिक बर्षमा नेपाल लाइफले जीवन बिमा क्षेत्रमा इतिहास रच्ने र त्यो इतिहास रच्न अतुलनीय भूमिका निर्वाह गर्ने सञ्चालक समिति कम्पनीको मेरूदण्डका रूपमा रहेका अभिकर्ताहरू, कर्मचारीहरू, नियामक निकायहरूलाई धन्यवाद ज्ञापन गरे ।

बजार हिस्सालाई अग्रस्थानमा राख्दै जीवन बिमाको पहुँचलाई अभिवृद्धि गर्न दत्तचित्त भएर कार्यसम्पादन गर्न सबैलाई आग्रह गरे । कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइेसन कार्य थालनी गरिसकेको बताए ।

निकट भविष्यमा बिमितहरूले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरू प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बिमितहरूले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरूस्त तवरले प्राप्त गर्ने कुरा बताए ।

कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरे । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बिमा बजारको बजारीकरण तथा बिमाको पहुँचलाई बढाई यस कम्पनीको लेगेसीलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले बताए ।

त्यस्तै, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले हालसम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद ज्ञापन गरे ।

जीवन बिमा क्षेत्रमा आगामी दिनमा विभिन्न प्रकारका रूपान्तरणहरू हुने र सोलाई अङ्गीकार गर्न आफ्नो सीप, क्षमता र ज्ञानलाई अभिवृद्धि गर्न निरन्तर दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो । भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै जीवन बिमा क्षेत्रमा पनि विभिन्न प्रकारका अवसरहरू सिर्जना भएको र सोलाई मूर्तता प्रदान गर्न कम्पनी अग्रसर भई कार्यारम्भको थालनी गरि सकिएको बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...