CG Electronics
IME Life
NIMB

‘वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’ : गभर्नर ढुंगाना

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताएकी छन् ।

आइतबार नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ढुंगानाले विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको बताइन् ।
उनले भनिन्, ‘अर्थतन्त्र विस्तारै लयमा आउन थालेको छ । आयात तथा निर्यात व्यापारमा सुधार भएको छ । बैकिङ क्षेत्रबाट प्रभावित कर्जा विस्तारले समेत गति लिन थालेको छ ।

पछिल्लो समय भएका कानुनी सुधारहरुले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ । नेपालको बाह्य क्षेत्र सफल हुँदै गएको छ । विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको छ ।

हाम्रो वित्तीय पहुँच सुधार भएको छ । चालू आर्थिक वर्षबाट सबै स्थानीय तहमा बैंकको शाखा कार्यालय पुगेका छन्, राष्ट्र बैंकले आवश्यक विभिन्न क्षेत्रमा सहुलियतपूर्ण नीति अवलम्बन गर्दै आएको छ ।’
साथै उनले पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरु देखा परिरहेको बताइन् । उनले लामो समयदेखि युरोप तथा मध्यपूर्वमा जारी भूराजनीतिक तनाव एवम् पछिल्लो समयमा वैदेशिक व्यापार नीतिमा आएको परिवर्तन विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको बताइन् ।

उनले भनिन्, ‘पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरु देखा परेका छन् । खासगरी विगत लामो समयदेखी युरोप तथा मध्यपूर्वमा जारी भूराजनीतिक तनाव एवम् पछिल्लो समयमा वैदेशिक व्यापार नीतिमा आएको परिवर्तन विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको छ ।’
साथै उनले नेपालको बाह्य क्षेत्र सबल बन्दै गएको भए पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च नहुनु जस्ता चुनौती रहेको बताइन् ।

यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सस्तो लोकप्रियता र क्षणिक फाइदालाई हेरेर वित्तीय नीति लिने कार्य बन्द गर्नुपर्ने बताए । उनले अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘पुँजीगत खर्चको लागि भन्दा छुट्याएको बजेट भन्दा वित्तीय खर्चमा छुट्याइएको बजेट धेरै छ । सस्तो लोकप्रियता र छोटो फाइदालाई मात्र हेरेर अगाडि बढ्दा हामी समस्यामा परेका छौं, अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक छ । वित्तीय क्षेत्र सुधार, साक्षरतामा काम गर्दै गएमा वित्तीय अपराध हुने स्थिति हामी कम गर्न सक्छौं ।’

 

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...