Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन् ।

विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालीहरुले अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुपर्ने भन्दै यसमा निजी क्षेत्रपनि उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली वस्तु र छिमेकी मुलुक मित्र राष्ट्रहरुबाट आएका वस्तुहरु समेतलाई राखेर झण्डै साता दिनको व्यापार मेलाको आयोजना भएको छ । मन्त्रालयको पनि सहभागिता छ । हामीले देशभित्र उत्पादित्त वस्तुहरुलाई संसारले देख्नेगरि, नेपालीहरुले पनि अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सक्छ । यद्यपी, आज पनि निर्यातको अवस्था अपेक्षा गरे अनुसार हुन सकेको छैन् ।

आयात निर्यातको अवस्था सबैले देखेकै छौं । धेरै आयात गर्छौ, न्यून रुपमा निर्यात गर्न सकिरहेका छौ । यसलाइ वृद्धि गर्नुपर्छ । त्यसका लागि विशेष रुपमा निजी क्षेत्रले उद्योगको क्षेत्रमा उत्पादकत्व वृद्धि गर्नुपर्छ । त्यसको बजारीकरण गर्नुपर्छ ।’
यस्तै, उनले विभिन्न प्राकृतिक प्रकोपहरुका कारण नेपालको बजार सुस्ताएको भन्दै यसलाई उठाउनका लागि थुप्रै नीतिगत कुराहरुलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले भने, ‘व्यापारको क्षेत्रमा हामी पछाडि छौं । तर सम्भावनाको हिसाबले धेरै अगाडि छौ । सम्भावनालाई आत्मसाथ गर्नुपर्ने छ, प्रतिस्पर्धामा अगाडि बढ्नुपर्ने छ । उद्योगको क्षेत्रमा केही समस्याहरु आएका छन् । विभिन्न प्राकृतिक प्रकोपहरुका कारण पनि नेपालको बजार सुस्ताएको छ । यसलाई उठाउनुपर्छ र उठाउनको लागि थुप्रै नीतिगत कुराहरुलाई सरकारले प्राथमिकतामा राखेको छ ।’

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३७

  काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र...

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ : सीईओ जोशी

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३३

  काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

भदौं २४ को जेनजी आन्दोलनको घटनाबारे छानबीनगरी कारबाही गर्न कांग्रेसको माग

भदौं २४ को जेनजी आन्दोलनको घटनाबारे छानबीनगरी...

वि.सं.२०८२ असोज २३ बिहीवार १९:३०

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले भदौ २३, २४...

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्न चेम्बरद्वारा अर्थमन्त्री खनाल समक्ष आग्रह

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल...

वि.सं.२०८२ असोज २३ बिहीवार १९:२५

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रका विद्यमान समस्या...

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण विभागबाटै, कानुनी प्रक्रिया बाँकी

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण विभागबाटै, कानुनी...

वि.सं.२०८२ असोज २३ बिहीवार १८:५७

काठमाडौं । अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार...

देश चलाउने कुरा ख्यालठट्टा होइन : ओली

देश चलाउने कुरा ख्यालठट्टा होइन : ओली

वि.सं.२०८२ असोज २३ बिहीवार १६:०८

  काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...