Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

खानेपानीका लागि विद्युत् महसुल ५० प्रतिशत छुट दिएकोमा धन्यवाद : अध्यक्ष वली

 

काठमाडौं । राष्ट्रिय सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघका अध्यक्ष खेमराज वलीले आफूहरूले उठाएको माग सम्बोधन भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

सरकारले बजेटमार्फत खानेपानी जस्तो मौलिक हकको विद्युत् महसुल ५० प्रतिशत छुट दिएकोमा आभार प्रकट गरेका हुन ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्ष २०८२।०८३ सालको बजेट संसदमा सार्वजनिक गरेपछि खानोपनीमा छुट दिने घोषणा गरेपछि महासंघका अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेर धन्यवाद ज्ञापन गरेका हुन् ।
महासंघले खाने पानीमा विद्युत् महसुल दिने, ब्याजदरमा सहुलेत, खानेपानी उपभोक्ता समितिलाई स्वायत्त बनाउने एजेन्डा उठाएका थिए ।

उक्त एजेन्डा सम्बोधन गराउन महासंघका अध्यक्षसहित पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थ मन्त्री पौडेल, खानेपानी मन्त्री प्रदीप यादव, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका शीर्ष नेताहरूलाई भेटेर आग्रह गरेका थिए ।

त्यस्तै, खानेपानी क्षेत्रमा देखिएका समस्यालाई राष्ट्रिय सभामा संकल्प प्रस्तावको रुपमा पेस गरिएको पनि जानकारी दिएका छन् । राष्ट्रिय सभामा ६ सांसदले संकल्प प्रस्ताव पेस गरेको उनले बताए । जसमा जगप्रसाद शर्मा, भगवती न्यौपाने, कृष्णबहादुर रोकाय, मदनकुमारी शाह, गोपी अछामी, मोहम्मद खालिद छन् ।

संकल्प प्रस्तावको रुपमा खानेपानी राजस्व, आयकर, भ्याट लगायत सम्पूर्ण कर छुट हुनुपर्ने, विद्युतमा डिमाण्ड शूल्कका साथै महसुलमा छुट हुनुपर्ने, खानेपानी आयोजना निर्माण गर्दा जनसहभागीतालाई राष्ट्रिय खानेपानी सरसफाई तथा स्वच्छा नीति २०८० अनुसार लागु हुनुपर्ने, नगर विकास कोषबाट लिएको ऋणको ब्याजर घटाउनुपर्ने छन् ।

यस्तै नेपाल सरकारले सबै नेपालीले सुरक्षित खानेपानी उपलब्ध गराउन विलिजि पाउडर उद्योग खोल्नुपर्ने छन् । राष्ट्रिय सभाका छ सांसदले राष्ट्रिय नियमावली २०७५ को नियम ७९ को उपनियम १ बमोजिम संकल्प प्रस्ताव पेस गरिएको हो ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...