Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण सद्भावपूर्ण र फलदायी : मन्त्री भण्डारी

 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनिया सरकारको तर्फबाट भएका सम्झदारीहरु उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणबाट फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबाट दुई देशबीचका साझा मान्यता, सम्झौता र सम्झदारीलाई पुनःताजकी गर्ने एउटा सद्भाव भ्रमणको रहेको भन्दै यसमा चिनिया सरकारको सकारात्मक प्रतिबद्धता आएको बताए ।

उनले भने, ‘नेपाल–चीनको पूरानो सम्बन्ध, लामो समयदेखिको मित्रतालाई अझ सुदृढ गर्ने र दई देशबीचका साझा मान्यताहरु सम्झौता एवम सम्झदारीलाई पुनःताजकी गर्ने सद्भाव भ्रमणको रुपमा रह्यो । भएका सहमतिहरुलाई पुनःताजकी र कार्यान्वयन गर्ने कुरामा चिनिया सरकारको तर्फबाट उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।’

यस्तै, उनले दुई देशबीचको सम्बन्धलाई अझ उन्नत रुपबाट अगाडि बढाउने, आपसी सम्बन्धहरुलाई मजवुद बनाउने विषयको छलफलहरुमा पनि सहभागी भएको बताए ।

राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय भेटवार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेर भण्डारी नेतृत्वको टोली सिचुआन प्रान्तको छेन्दु हुँदै आज स्वदेश फर्किएको हो ।
चीन भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख व्यक्तित्वहरुसँग भेटवार्ता गरेकी थिइन् ।

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...