Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब आमा हस्पिटलमा उपचार सेवा लिँदा ५०% सम्म छुट पाउने भएका छन्।

कम्पनी र आमा हस्पिटलबीचको सहकार्यअनुसार बीमितहरूले क्याबिन बेडमा ५०% छुट, जनरल बेडमा ३०% छुट तथा अन्य हस्पिटल सेवाहरूमा २०% छुट पाउनेछन्। साथै आकस्मिक अवस्थाका लागि उपलब्ध एम्बुलेन्स सेवा पूर्णतः निःशुल्क गरिने भएको छ।

यसबाहेक, हस्पिटलमा उपलब्ध हेल्थ चेकअप प्याकेजहरूमा ४०% छुटको विशेष सहुलियत पनि उपलब्ध हुनेछ। छुट सुविधा प्राप्त गर्नका लागि बीमितहरूले IME LIFE Mobile App मा रहेको प्रिभिलेज कार्ड देखाउनु पर्नेछ। अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी सो सुविधा लिन सक्नेछन्।

कम्पनीले यस्ता व्यावसायिक सहकार्यलाई निरन्तर बिस्तार गर्दै आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई थप प्रभावकारी, गुणस्तरीय र सहज सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

 

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४५

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण...

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुँदै, २ लाख ९४ हजार आवेदक भाग्यमानी बन्ने

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३८

  काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार...

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि निष्कासन, आवेदन भदौ ४ सम्म खुला

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३२

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५...

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा...

वि.सं.२०८२ असार २९ आइतवार ०८:५४

  काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा...