CG Electronics
Ncell NPL
NIMB

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष सिंहले आर्थिक वर्ष २०८०/८१ चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कोभिड महामारीको दीर्घकालीन असर, भू–राजनीतिक तनाव, मौसमी समस्याका कारण आपूर्ति शृङ्खलामा आएको अवरोध, मुद्रास्फीति र सहकारी क्षेत्रको संकटले अर्थतन्त्रमा नकारात्मक असर पारेको बताइन् । यद्यपि, आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको पनि उनको भनाइ थियो ।

कम्पनीले समीक्षा वर्षमा २१.९०% ले वृद्धि भई कुल बीमा शुल्क रु. २०४९.१२ करोड संकलन गरेको छ । बीमा करार दायित्व २१.७०% ले वृद्धि भई रु. ७९६०.१८ करोड पुगेको छ । सो अवधिमा कुल रु. ८३२.८२ करोड दावी भुक्तानी गरिएको छ ।

कुल लगानी १७.३५% ले वृद्धि भई रु. ७०१५.४६ करोड पुगेको र लगानी प्रतिफल दर ९.१७% कायम रहेको कम्पनीले जनाएको छ । बीमितको हितका लागि दीर्घकालीन र पारदर्शी लगानी नीति अपनाइएको तथा नेपालगन्ज शाखाको भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको र ईटहरी शाखाको भवन निर्माण प्रक्रिया अघि बढाइएको पनि सभामा जानकारी दिइयो ।

प्रविधिमैत्रीकरण र कर्मचारी सीप अभिवृद्धिमा कम्पनीले प्राथमिकता दिइरहेको बताइएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षामा केन्द्रित रहेर रु. २५ लाख बराबरको सहयोग गरिएको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि १०% नगद लाभांश (रु. ५२.१२ करोड) र ५% बोनस शेयर (रु. २६.०६ करोड) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशमा लाग्ने कर प्रयोजनका लागि अतिरिक्त रु. ४.११ करोड पनि स्वीकृत गरिएको छ ।

५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी रु. ५.४७ अर्ब पुग्नेछ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजीको मापदण्डसँग मेल खान्छ ।

साथै, सञ्चालक समिति पुनर्गठन गर्दै संस्थापक समूहबाट श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह, श्री रथी पवनबहादुर पाँडे (अ.प्रा), र श्री कुशल मल्ली तथा सर्वसाधारण समूहबाट श्री कुलदीप शरण सिंह र श्रीमती भवानी राणा निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष सिंहले नेशनल लाइफलाई आगामी दिनमा देशको एक प्रमुख जीवन बीमक संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

 

CG Electronics
दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा : आईपीओ प्रस्ताव, सञ्चालक नियुक्ति र वार्षिक वित्तीय विवरण पारित गर्ने

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा...

वि.सं.२०८२ फागुन २० बुधवार ०९:०४

  काठमाडौं । दि निलय होटल्स लिमिटेड ले आईपीओ (प्रारम्भिक...

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार २०२६ मा बजारमा आउने तयारी

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार...

वि.सं.२०८२ फागुन २० बुधवार ०८:५०

  काठमाडौं । भारतीय अटो निर्माता टाटा मोटर्स ले सन्...

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

वि.सं.२०८२ फागुन २० बुधवार ०८:४८

  काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा जारी

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा...

वि.सं.२०८२ फागुन १९ मंगलवार २३:३३

  काठमाडौँ । United Ajod Insurance Limited ले आगामी निर्वाचन...

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

वि.सं.२०८२ फागुन १९ मंगलवार २२:४१

काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीहरूका लागि उपलब्ध गराउँदै...

भैरहवाको सिद्धार्थ विलासामा ट्रान्क्यूलिटी स्पाको सेवा सुरु

भैरहवाको सिद्धार्थ विलासामा ट्रान्क्यूलिटी स्पाको सेवा सुरु

वि.सं.२०८२ फागुन १९ मंगलवार २२:३१

फाल्गुण १९, भैरहवा–नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले...