Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष सिंहले आर्थिक वर्ष २०८०/८१ चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कोभिड महामारीको दीर्घकालीन असर, भू–राजनीतिक तनाव, मौसमी समस्याका कारण आपूर्ति शृङ्खलामा आएको अवरोध, मुद्रास्फीति र सहकारी क्षेत्रको संकटले अर्थतन्त्रमा नकारात्मक असर पारेको बताइन् । यद्यपि, आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको पनि उनको भनाइ थियो ।

कम्पनीले समीक्षा वर्षमा २१.९०% ले वृद्धि भई कुल बीमा शुल्क रु. २०४९.१२ करोड संकलन गरेको छ । बीमा करार दायित्व २१.७०% ले वृद्धि भई रु. ७९६०.१८ करोड पुगेको छ । सो अवधिमा कुल रु. ८३२.८२ करोड दावी भुक्तानी गरिएको छ ।

कुल लगानी १७.३५% ले वृद्धि भई रु. ७०१५.४६ करोड पुगेको र लगानी प्रतिफल दर ९.१७% कायम रहेको कम्पनीले जनाएको छ । बीमितको हितका लागि दीर्घकालीन र पारदर्शी लगानी नीति अपनाइएको तथा नेपालगन्ज शाखाको भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको र ईटहरी शाखाको भवन निर्माण प्रक्रिया अघि बढाइएको पनि सभामा जानकारी दिइयो ।

प्रविधिमैत्रीकरण र कर्मचारी सीप अभिवृद्धिमा कम्पनीले प्राथमिकता दिइरहेको बताइएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षामा केन्द्रित रहेर रु. २५ लाख बराबरको सहयोग गरिएको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि १०% नगद लाभांश (रु. ५२.१२ करोड) र ५% बोनस शेयर (रु. २६.०६ करोड) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशमा लाग्ने कर प्रयोजनका लागि अतिरिक्त रु. ४.११ करोड पनि स्वीकृत गरिएको छ ।

५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी रु. ५.४७ अर्ब पुग्नेछ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजीको मापदण्डसँग मेल खान्छ ।

साथै, सञ्चालक समिति पुनर्गठन गर्दै संस्थापक समूहबाट श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह, श्री रथी पवनबहादुर पाँडे (अ.प्रा), र श्री कुशल मल्ली तथा सर्वसाधारण समूहबाट श्री कुलदीप शरण सिंह र श्रीमती भवानी राणा निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष सिंहले नेशनल लाइफलाई आगामी दिनमा देशको एक प्रमुख जीवन बीमक संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

 

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४५

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण...

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुँदै, २ लाख ९४ हजार आवेदक भाग्यमानी बन्ने

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३८

  काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार...

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि निष्कासन, आवेदन भदौ ४ सम्म खुला

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३२

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५...

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा...

वि.सं.२०८२ असार २९ आइतवार ०८:५४

  काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा...