Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

 

चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन)सेवा सुरु गरेको छ । कलेज अफ मेडिकल (सिएमएस) को प्राविधिक सहयोगमा टेलिमेडिसिन सेवा सुरु गरेको हो ।

शुक्रबार एक भव्य कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले सेवाको उद्घाटन गर्नुभयो । नियमित चेक जाँच वा जिज्ञासाहरुको लागि डाक्टरहरुको पहुँच उपलब्ध गराउनका लागि सेवा प्रभावकारी हुने अपेक्षा लिइएको छ । सिएमएसले सामाजिक उत्तरदायित्व बहनअन्तरगत केन्द्रमा टेलिमेडिसिन सेवालाई अघि बढाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले यो सेवाले विपन्न नागरिक र समयको चाप हुने विरामीलाई फलदायी हुने बताउनुभयो । यस अघि हप्ताको ६ दिने विशेषज्ञ सेवा नियमित सञ्चालन गरिने बताउनुभयो ।

जनताको स्वास्थ्य भन्दा ठुलो कुरा केही नहुने भन्दै उहाँले महानगरपालिकाले नगरवासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकमहरु गर्दै आएको बताउनुभयो ।

भरतपुर १४ मा शिक्षक र आयुर्वेद अस्पताल गरी दुई ठुला संघीय अस्पताल बन्न लागेको उल्लेख गर्नुभयो । यहाँ ३०० बेड क्षमताको संघीय शिक्षक अस्पताल र १०० शैयाको आयुर्वेद अस्पताल निर्माणको चरणमा रहेको छ ।

शिवनगर स्वास्थ्य केन्द्रलाई नगर स्तरीय अस्पतालको रूपमा घोषणा गरेर सोही अनुसार काम अघि बढ्ने जानकारी दिनुभयो । महानगर उपप्रमुख चित्रसेन अधिकारीले भर्चुअलबाट विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताउनुभयो । महानगरको गाउँगाउँमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उहाँको भनाई थियो ।

सिएमएसका व्यवस्थापक डा सुदिप केसीले स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज हुने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, सिएमएसका निर्देशक नटराज प्रसाद, भरतपुर महानगर सामाजिक शाखा प्रमुख शान्त कुमारी पौडेल, सिएमएसका डा. सुदिप केसी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र साखीको अध्यक्षतामा भएको हो ।

केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको ३ तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सोमबार जनरल फिजिसियन, बुधबार प्रसुति तथा स्त्री रोग तथा रेडीयोलोजी सेवा र बिहिबार बाल रोग तथा नेत्र रोगको सेवा दिइने छ । २०२७ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत ३ जना, पारामेडीक्स ९ जना, नर्सिङ् ८ जना, प्रयोगशालाकर्मी ४ जना, फार्मेसिस्ट २ जना, रेडियोग्राफर १ जना, सहित ३२ जना कर्मचारी कार्यरत रहेका छन् ।

यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रले दैनिक १६५ जना बिरामी सेवा दिने गरेको छ ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य (कालीमाटी बजार)

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको...

वि.सं.२०८२ असार २९ आइतवार ०७:४३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको...

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

वि.सं.२०८२ असार २९ आइतवार ०७:३९

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ...