Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

निराशाहरु चिर्दै नेपाल अगाडि बढि रहेको छ : मन्त्री भण्डारी

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले निराशाहरु चिर्दै नेपाल अगाडि बढि रहेको बताएका छन् ।

एभरेष्ट फाइभर सिमेण्ट बोर्ड प्रालिको उद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले निराशाको बीचमा पनि आशाको दियो बलिरहेको भन्दै यती बेला व्याप्त निराशालाई केही गरेर देखाउन खोजी रहेको बताए ।

उनले भने, ‘नेपाल बन्दैछ, निराशाको बीचमा पनि आशाको दियो बल्दैछ । यती बेला व्याप्त निराशालाई, हामीले केही न केही गरेर देखाएर त्यसभित्र सम्भावना खोजि रहेका छौ ।

हामीले जबसम्म उत्पादन वृद्धि गर्न सक्दैनौँ तबसम्म उद्योगको योगदान जिडिबिमा हुदैँन्, रोजगारीमा हुँदैन् ।’
यस्तै, उनले उद्योगको लागि मन्त्रालयसँग बजेट प्रयाप्त नभएपनि निजी क्षेत्रसँग प्रयाप्त रहेको भन्दै उनीहरुलाई नीतिमा सहुलियत दिनुपर्ने बताए ।

उनले भने, ‘उद्योग खोल्न सकिन्छ तर सञ्चालन गर्नको लागि चुनौती छ । उद्योग र उद्यमशिलतामा जोखिम हुँदा पनि यसलाई सुरु गर्नुपर्ने छ ।

यसका लागि राज्यको नीति आवश्यक छ । हामीले धेरै उद्योग स्थापना गर्नुपर्ने छ, धेरै रोजगारी सिर्जना गनुपर्नेछ तर सरकारको बजेटको दायराभित्र रहेर गर्नुपर्ने छ । हामीसँग बजेट प्रयाप्त छैन् । हामीले बजेटमा भन्दा पनि यसपाली नीतिमा बढि ध्यान दिएका छौ । नीतिमा सहुलियत दिउ बजेट निजी क्षेत्रसँग छ ।’

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...