IME Life
NIMB

सेवन्तक पोखरेलले बीमा प्राधिकरणको अध्यक्ष पद सम्हाले

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष सेवन्तक पोखरेलले आज औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हालेका छन्।

प्राधिकरणमा कार्यभार सम्हाल्दै अध्यक्ष पोखरेलले बीमा ऐन, नियम र निर्देशिकाहरू अक्षरशः पालना गर्दै बीमा कम्पनीहरूको अनुगमन र नियमनलाई कार्ययोजनाका साथ अझै प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिए ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत ल्याएका बीमा स्रम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिनुहुँदै अध्यक्ष पोखरेलले भने, “संस्थाको उद्देश्य प्राप्ति र बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि टिमवर्कका साथ काम गरौं, संस्थाको जिम्मेवारी ठूलो छ, बीमितको हकहित संरक्षण गर्नुछ, बीमा क्षेत्रको भविष्य राम्रो छ, सबै मिलेर इमान्दारिताका साथ काम गरौं ।”

अध्यक्ष पोखरेलले बीमा सचेतना मार्फत बीमाको पहुँच बढाउन, बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन, बीमा सेवाको गुणस्तर अभिवृद्धि गर्न र बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न जिम्मेवारीपूर्वक अगाडि बढ्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा अध्यक्ष पोखरेललाई स्वागत गदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा ऐन, नियमले प्राधिकरणलाई सुम्पिएको दायित्व पूर्ण प्रतिवद्धता साथ निर्वाह गर्दै आएको बताए ।

यसअघि, अध्यक्ष सेवन्तक पोखरेल प्राधिकरणमा आउनुहुँदा उहाँलाई प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गरेको थियो ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...