एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यावहारिक प्रयोगमा रूपान्तरण
Wednesday Jul 16, 2025
वि.सं.२०८२ असार ३२ बुधवार १७:५७
काठमाडौं । एम्बार्क अनम्याथ प्रा. लि.ले आज आफ्नो “उद्यमी गणित“ कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको घोषणा गरेको छ । यो एक वर्षे कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूको लागि परम्परागत गणित शिक्षालाकई व्यावहारिक व्यापारिक तालिममा रूपान्तरण गरेको छ ।
यसले गणितीय सिद्धान्तहरूलाई व्यापारिक सफलतासँग कसरी जोड्न सकिन्छ भन्ने कुरा प्रष्ट रूपमा देखाउँछ । साथै यसले विद्यार्थीहरूलाई उद्यमशीलताको लागि तयार पार्दै उनीहरूको शैक्षिक आधारलाई बलियो बनाउँछ ।
यस नयाँ कार्यक्रमको बारेमा बोल्दै, एम्बार्क अनम्याथ स्कूलका सह–संस्थापक दिवेश बठिजाले भने , “हामी यस प्रोग्राम मार्पmत विद्यार्थीहरूलाई गणित मात्रै सिकाइरहेका छैनौं, बरु व्यापारिक निर्णयहरूलाई गणितले कसरी प्रभाव पार्छ भन्ने कुरा सिकाइरहेका छौं ।“ उनले थप्दै भने, “विद्यार्थीहरूले यस प्रोग्राम मार्फत व्यावहारिक उद्यमशीलताको अनुभवमार्फत वित्तीय योजना, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा व्याख्या सिक्नेछन् । यो कार्यक्रमको मुख्य लक्ष्य नेपाललाई गुणस्तरीय शिक्षाको गन्तव्यमा बदल्नु हो । यसले प्रतिभाशाली विद्यार्थीहरूलाई देशमै राखेर देशको आर्थिक विकासमा योगदान दिन प्रेरणा दिन्छ ।”
सामान्य कक्षाकोठाको शिक्षणभन्दा फरक यो कार्यक्रमले छवटा रणनीतिक विद्यालय भ्रमणमार्फत वास्तविक व्यापारिक चुनौतीहरूलाई गणितीय सिकाइसँग जोड्छ। विद्यार्थीहरूले स्टार्टअप मानसिकता र बजार विश्लेषणबाट सुरु गरेर प्रोटोटाइप निर्माण र व्यापक व्यापारिक योजना तयार गर्नेसम्मको सिक्नेछन् ।
यो कार्यक्रम डिसेम्बर २०२५ मा एम्बार्क कलेजमा आयोजना हुने स्टार्टअप फेस्टमा समापन हुनेछ र त्यहाँ विद्यार्थीहरूले आफ्ना उत्पादनहरूलाई पूर्ण रूपमा प्रदर्शन गर्नेछन् ।
संस्कृति इन्टरनेशनल स्कूल, युरो स्कूल हात्ती गौडा, र आलोक विद्याश्रमलगायत तीन प्रतिष्ठित शैक्षिक संस्थानहरूले यस कार्यक्रमलाई अपनाएका छन् र धेरै राम्रो पनि परिणामहरू पनि प्राप्त गरेका छन् ।
उद्यमी गणित कार्यक्रम लागू गर्न इच्छुक विद्यालयहरूले एम्बार्क कलेजको परिसर भित्र अवस्थित एम्बार्क अनम्याथमा +९७७ ९७०७०८७९४४ मा फोन गर्न वा sales@embarkunmath.com मा इमेल पठाउन सकिन्छ।























