कामना सेवाको चौथो त्रैमासमा ९८ करोड मुनाफा
Friday Jul 18, 2025
वि.सं.२०८२ साउन २ शुक्रवार ११:१३
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रयमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिसम्ममा कुल ६३.५० अर्व निक्षेप संकलन गरि ५२.५५ अर्व कर्जा प्रवाह गरेको छ ।
साथै, सोही अवधिसम्म बैंकले ९८.७० करोड संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको चौथो त्रयमाससम्मको वित्तीय विवरण वमोजिम पुँजीकोष अनुपात १३.२० प्रतिशत रहेको छ भने निष्कृय कर्जा ३.३८ प्रतिशत रहेको छ । बैंकको प्रकाशित वित्तीय विवरण वमोजिम मुख्य मुख्य सुचकाङ्कहरु निम्न वमोजिम रहेका छन् ।

देशभरका १३० वटा शाखा सञ्जालबाट अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकले तोकेको भन्दा समयमा नै प्रकाशन गरेको छ ।
बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्नको लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दर्ता गरिसकेको छ । धितोपत्र वोर्डको स्विकृती पश्चात आवश्यक प्रकृया पुरा गरि शेयर जारी गर्ने बैंकले जनाएको छ ।



























