Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत ल्याउन प्रक्रिया शुरु

काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् ।
विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार पार्न मन्त्री पौडेलले एक विज्ञ समिति गठन गरेका छन् । समितिलाई एक साताभित्र प्रतिवेदन सुझाव दिन भनिएको छ ।
मन्त्री पौडेलले यससम्बन्धमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । मन्त्री पौडेलले लेखेका छन्, ‘सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धता अनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौं ।’
यस अघि जटिल आठ प्रकारका रोगका बिरामीलाई स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सहायता दोब्बर गर्ने निर्णय कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले सबै उपचार सहुलियत एकीकृत ढङ्गबाट प्रदान हुँदा स्वास्थ्य बीमामार्फत प्राप्त हुने सुविधा थप वृद्धि हुने बताएका छन् ।
‘आम नागरिकको स्वास्थ्य उपचार पहुँच विस्तार तथा सेवा अभिवृद्धिमा हामी निरन्तर प्रयत्नशील छौं । यस व्यवस्थाले नागरिकलाई स्वास्थ्य उपचार प्राप्तिमा थप सहजता प्राप्त हुने हाम्रो विश्वास छ ।,’ उनले भने ।
मन्त्री पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्ने क्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले दिने उपचार सहायता स्वास्थ्य बीमामार्फत नै उपलब्ध गराउने र स्वास्थ्य बीमाको नीतिगत तथा कार्यगत सुधार गर्ने घोषणा गरेका थिए ।
यसअनुसार व्यक्तिले आफू बसेकै स्थानमार्फत स्वास्थ्य बीमाको प्रथम सेवा लिन पाउने व्यवस्था भएको छ । यसका साथै स्वास्थ्य बीमामा आवद्ध भएको तीन महिनापछि सेवा पाउने व्यवस्था परिवर्तन गरेर एक महिनाभित्रै प्राप्त गर्न सकिने बनाइएको छ । हरेक स्थानीय तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुका लागि समेत नीतिगत निर्णय गरेका मन्त्री पौडेलले घोषणा गरे अनुसारका नीतिगत सुधार निरन्तर जारी राखेका छन् । स्वास्थ्य बीमा कार्यक्रमको सबै बक्यौता यसै आर्थिक वर्षमा शून्यमा झार्ने सरकारले बजेटमार्फत घोषणा गरेको छ । यसले स्वास्थ्य बीमाको भुक्तानीमा देखिएको कठिनाई समेत समाधान हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
सरकारी सुविधा एकीकृत रुपमा स्वास्थ्य बीमामा थपिंदा यसले कार्यक्रमको आम्दानी समेत वृद्धि हुँदा सेवा दिन थप सहजता हुने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए ।

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी...

वि.सं.२०८२ असोज २५ शनिवार २२:५२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी...

भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

वि.सं.२०८२ असोज २५ शनिवार २२:४७

  काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने...

एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष डा. बद्री केसी

एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष...

वि.सं.२०८२ असोज २५ शनिवार २२:४०

  काठमाडौं । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन्...

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ...

वि.सं.२०८२ असोज २५ शनिवार २२:३५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएबीचको...

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३७

  काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र...

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ : सीईओ जोशी

पर्यटन क्षेत्रको आत्मबल बढाउन व्यवसायीलाई सुरक्षाको प्रत्याभूति...

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:३३

  काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...