Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कांग्रेस अझै कमजोर छ, निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता छ : सभापति देउवा

 

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेस अझै बलियो हुन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा स्व.दुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले काङ्ग्रेस लोकतान्त्रिक समाजवादी पार्टी भएपनि अझै बलियो हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि व्यवहारमा सबै पार्टीहरु लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी भइसकेपछि, काम गर्न अलि समस्या भएपनि विस्तारै बानी पर्छ । पार्टी लोकतान्त्रिक समाजवादी पार्टी हो । तर अझै पनि त्यती बलियो भइ सकेका छैनौ ।’

अहिलेको संविधान एकदमै राम्रो भएपनि यो व्यवस्थामा बहुमत ल्याउनको लागि कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने, सम्झौताहरु गर्नुपर्ने खालको अवस्था रहेको बताए । उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो छ । तर यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने । सम्झौताहरु गर्नुपर्ने खालको अवस्था छ । आज संविधान सबैका लागि स्वीकार्य भएको छ, केही कुरामा संविधान संशोधन गर्नुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । त्यो स्वभाविक कुरा हो, आवश्यकता अनुसार संविधानको संशोधन हुन्छ नै ’

स्व. दुण्डिराज शास्त्री एकदमै विद्वान र सिद्धान्तमा एकदमै अडिक रहने मान्छे भएको भन्दै उनले सन्तुलित समाजवादको लागि धेरै लडाइ गरेको पनि उनको भनाई छ । सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले स्व.दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, समाजवादी चिन्तक भएको भन्दै उनको निधनले धेरै नै ठूलो क्षती भएको बताए ।

उनले भने, ‘स्व. दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा हुनुहुन्थ्यो । उहाँ समाजवादी चिन्तक, सहज र सरल पनि हुनुहुन्थ्यो । पार्टीभित्र कहिले काही विवादको रेखा देखा परेपनि उहाँसँगको सम्बन्ध सधैँ राम्रो नै थियो । त्यसकारण आज यसरी शोक मनाउनु पर्दा एकदमै दुःख लागेको छ । उहाँको निधनले धेरै नै ठूलो क्षति भएको छ ।’

 

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...