NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाइमा एक्सपोमा जेइको जे५ सार्वजनिक, सीमित समयमा विशेष मूल्य छुट

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपालका लागि जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा प्रिमियम इलेक्ट्रिक एसयूभी ‘जेइको जे५’ सार्वजनिक गरेको छ। एक्सपो काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ।

कम्पनीले ओमोडा र जेइकोका पहिलेकै मोडलसँगै नयाँ जे५ मोडलले नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक एसयूभीको नयाँ विकल्प प्रस्तुत गरेको बताएको छ। जेइको जे५मा शहरी सडकदेखि अफरोड यात्रासम्म सहज यात्राको लागि उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरी समेटिएको छ। यसमा रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मिमि ग्राउन्ड क्लियरन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटर ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेस जस्ता सुविधा छन्, जुन ग्राहकहरूको लागि आकर्षक विकल्प सावित हुने अपेक्षा गरिएको छ।

नाइमा एक्सपो विशेष अफरअन्तर्गत, जेइको जे५ को मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने हाल यो मोडल ग्राहकहरूले ५६ लाख ९९ हजार रुपैयाँमा बुकिङ गर्न सक्नेछन्। यसैगरी, कम्पनीले ओमोडा र जेइकोका अन्य मोडलहरूमा समेत विशेष मूल्य छुट उपलब्ध गराएको छ।

पहिले ६१ लाख ९९ हजारमा उपलब्ध ओमोडा ई५ नाइमा विशेष मूल्यमा ५४ लाख ९९ हजार रुपैयाँमा बुकिङ गर्न सकिन्छ भने, जेइको जे६ पहिले ६९ लाख ९९ हजारमा उपलब्ध रहेकोमा नाइमा एक्सपो विशेष मूल्यमा ६५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ।

नाइमा मोबिलिटी एक्सपो २०२५ मा जेइको वा ओमोडाका कुनै पनि मोडल बुक गर्ने ग्राहकहरूले विशेष छुट र अफरहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...