NADA AUTO SHOW -2026
IME Life
NIMB

आजबाट टाटा ईभी अटो कार्निभल सुरु, विशेष अफर र माल्दिभ्स भ्रमण जित्ने अवसर

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजदेखि साउन २५ गतेसम्म देशव्यापी टाटा ईभी अटो कार्निभल नामक विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

यस कार्यक्रमअन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्ड अन्तर्गतका अत्याधुनिक विद्युतीय गाडीहरू—जस्तै टियागो ईभी, कर्भ ईभी, नेक्सन के ३ ईभी र पन्च ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्नेछन्।

टाटा ईभी अटो कार्निभलमा सहभागी हुने ग्राहकहरूले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारंटी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्स जडान तथा इम्बोस्ड नम्बर प्लेट जस्ता आकर्षक सुविधाहरू निःशुल्क प्राप्त गर्नेछन्।

कार्यक्रममा सहभागी भएर ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गएर नयाँ डिजाइनका विद्युतीय गाडीहरूको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्याङ्कनमा सहभागी हुन सक्नेछन्। साथै, आकर्षक उपहारहरू पाउने अवसर पनि हुनेछ।

यस विशेष अफरको बम्पर पुरस्कारको रूपमा एक भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने अवसर पाउनेछन्। टाटा ईभी अटो कार्निभल ८ देखि १० अगस्ट (साउन २३ देखि २५ गते) सम्म मात्र चल्ने भएकाले इच्छुक ग्राहकहरूले आफ्नो नजिकको टाटा शोरुममा समयमै सम्पर्क गर्न सिप्रदी ट्रेडिङले अनुरोध गरेको छ।

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको पृष्ठभूमि र हरित गतिशीलताको नयाँ बहससँगै नेपालकै ठूलो मोबिलिटी मेला भृकुटीमण्डपमा

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:१८

  काठमाडौँ । नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरूको सानो...

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:१५

  काठमाडौँ, नेपाल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...