प्रिमियरकी श्रुति श्रेष्ठको ऐतिहासिक सफलता – नेपालकै पहिलो वर्ल्ड स्कलर्स कप हल अफ फेम सदस्य र ग्लोबल च्याम्पियन
Thursday Aug 14, 2025
वि.सं.२०८२ साउन २९ बिहीवार २२:४८
काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कूलका विद्यार्थीहरूले थाइल्यान्डको बैङ्ककमा सम्पन्न वर्ल्ड स्कलर्स कप (WSC) २०२५ ग्लोबल राउन्डमा ऐतिहासिक सफलता हासिल गरेका छन्। १० सदस्यीय टोलीले ९ स्वर्ण र ३९ रजत पदक जित्दै, अमेरिकाको येल विश्वविद्यालयमा हुने प्रतिष्ठित Tournament of Champions 2025 मा आफ्नो स्थान सुरक्षित गरेको हो।
टोलीको नेतृत्व कक्षा ११ की श्रुति श्रेष्ठले गर्दै ऐतिहासिक उपलब्धि हात पारिन्। उनी Global Champion Scholar, JAC Khor Award विजेता तथा WSC हल अफ फेममा स्थान पाउने नेपालकै पहिलो विद्यार्थी बनेकी छन्। श्रुतिले मात्र ११ स्वर्ण र ४ रजत पदक जित्दै आफ्नो असाधारण क्षमता प्रदर्शन गरिन्।
अन्य सदस्यहरूको प्रदर्शन पनि उत्कृष्ट रह्यो—गरिमा रञ्जित (१ स्वर्ण, ७ रजत), सान्वी उपाध्याय (१ स्वर्ण, ४ रजत, उद्घाटन समारोहमा राष्ट्रिय प्रतिनिधित्व), संस्कृती अधिकारी (१ स्वर्ण, ३ रजत), बिआंका पाल (१ स्वर्ण, ४ रजत), राचेल सापकोटा (३ रजत), सनातन न्यौपाने (२ रजत), आरुष आचार्य (२ रजत), मन्त्र पोखरेल (२ स्वर्ण, ६ रजत) र सुप्रिणा अमी अधिकारी (१ स्वर्ण, ४ रजत)।
विश्वका ३० देशका ५,२०० भन्दा बढी विद्यार्थीहरूबीचको प्रतिस्पर्धामा प्रिमियर टोलीले ज्ञान, सिर्जनशीलता र आत्मविश्वासका साथ नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ।
WSC कुनै साधारण प्रतियोगिता नभई, globally relevant विषयहरूमा debate, creative writing, team problem-solving र knowledge bowl मार्फत विद्यार्थीहरूलाई जीवनोपयोगी सीप विकास गराउने अन्तर्राष्ट्रिय प्लेटफर्म हो।
बैङ्ककको सफलता यसअघि काठमाडौंमा सम्पन्न Regional Round मा प्राप्त ५३५ स्वर्ण, ५११ रजत पदक र ३२ ट्रफीको आधारमा सम्भव भएको थियो। अब टोली डिसेम्बर ८–१४ मा येल विश्वविद्यालयमा हुने Tournament of Champions मा भाग लिन अमेरिका जाने तयारीमा छ।




























