CG Electronics
IME Life
NIMB

उखु किसानको अनुदान कटौती नगर्न सांसद विनोद चौधरीको ध्यानाकर्षण

NIMB
Himalayan Bank

 

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद विनोद चौधरीले उखु किसानलाई दिइदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन् । सांसद चौधरीले बुधबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उखु किसानको अधिकार र उचित मूल्य सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।

सरकारले उखु किसानलाई उपलब्ध गराउदै आएको अनुदान प्रति किविन्टल ७० रुपैयालाई आधाले कटौती गरेपछि उखु किसान सरकार विरुद्ध आन्दोलित छन् ।उखु किसानको बाहुल्य रहेको पश्चिम नवलपरासीबाट निर्वाचित सांसद चौधरीले सरकारको उक्त कदमको विरोध गर्दै आफुलाई उखु किसानको पक्षमा दृढतापुर्वक उभ्याएका छन् ।

सांसद चौधरीले सरकारले दिदै आएको अनुदान कुनैपनि बहानामा कटौती गर्न नपाइने भन्दै संसदमा बुलन्द आवाज उठाएका हुन् ।

“कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, र त्यसैको महत्वपूर्ण हिस्सा उखु उत्पादन हो,” चौधरीले भने, “तर, विगत लामो समयदेखि किसानहरू आफ्नो उत्पादनको उचित मूल्य नपाई निराश हुँदै आएका छन्। यो नेपालको कृषि क्षेत्र र समग्र अर्थतन्त्रको लागि राम्रो संकेत हैन । ”

उत्पादन लागत लगातार बढ्दो क्रममा रहेको र रासायनिक मलको अभावले किसान थप मर्कामा परेको उल्लेख गर्दै चौधरीले भने, “उखु र केरा बालिका लागि अन्य बालिको तुलनामा दोब्बर रासायनिक मल आवश्यक पर्छ, तर किसानले न्यूनतम मल पनि पाउन सकेका छैनन्।”
चौधरीले सरकारद्वारा विगतमा उखु किसानलाई दिँदै आएको प्रति क्विन्टल रु. ७० को अनुदान रकम कटौती गर्नु किसानका लागि पीडादायी भएको उल्लेख गर्दै सो निर्णय तत्काल फिर्ता लिन माग गरे।

“उत्पादन खर्च धान्नै मुस्किल भइरहेको अवस्थामा आम्दानी सुनिश्चित हुन नसक्ने अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण हो,” चौधरीले भने। उनले हालै माइतिघरमा सञ्चालन भएको किसान आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै, सरकारले आफैं गरेको निर्णयबाट विमुख नहुन र किसानमैत्री नीतिहरू लागू गर्न आग्रह गरे।
देशभरका उखु किसानले भदौ ८ देखि १३ गते सम्म राजधानीमा अनुदान कटौतीको विपक्षमा प्रदर्शन गरेका थिए ।

तत्काल माग पुरा नभए राजमार्ग अबरुद्ध गर्ने घोषणा सहित उनीहरु जिल्ला फर्किएका छन् । यहि पृष्ठभूमिमा सांसद चौधरीले उखु किसानका माग तत्काल पुरा गर्न सरकारलाई सचेत गराएका हुन् ।

सांसद चौधरीले उखु किसान र केरा किसानका समस्याबारे विगत लामो समयदेखि संसदमा निरन्तर आवाज उठाउँदै आएका छन् । विगतमा पनि उनले उखु किसानलाई समयमा भुक्तानी दिलाउन ठुलो भूमिका खेलेका थिए।

नेपालको कृषि क्षेत्रमा देखिने उत्पादन, बजार, मूल्य, मल तथा भुक्तानीका विषयमा चौधरीले संसद तथा विभिन्न सरकारी निकायहरुमा निरन्तर पहल गर्दै आएका छन् ।

“सरकारले तत्काल अनुदान रकम उपलब्ध गराई किसानको श्रमको उचित सम्मान गर्नुपर्छ,” चौधरीले जोड दिए।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...