CG Electronics
IME Life
Ncell NPL

नेपालमै फोन लाइन बिनै वायरलेस इन्टरनेट जडान गर्न सकिने प्रमाणित गर्ने पहिलो व्यक्ति, नेपालमा सस्तो र सहज इन्टरनेट पुर्याउने हुटहुटी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्नका लागि तँछाड मछाड चलिरहेको छ । त्यसका लागि पहिले दलका नेतालाई रिझाए पुग्दथ्यो । जेन-जी पुस्ताले विश्वास गरेको दक्ष व्यक्ति हुनुपर्छ ।

नेपालकी पहिलो प्रधानन्यायाधीश सुशीला कार्की आफैँमा सक्षम र दृढ व्यक्ति हुन् । त्यसैले पनि नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेकी कार्कीले आफ्नो मन्त्रिपरिषदमा पनि उत्तिकै दक्ष व्यक्ति ल्याउन चाहेकी छिन् ।

अहिलेसम्म तीन जनामात्र मन्त्री उनले थपेकी छिन् । जसमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आफ्नो क्षेत्रको मन्त्रालय सम्हालेका छन् ।
यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा केशव नेपालको नाम चर्चामा रहेको छ । उनी बाहिरी दुनियाँको भन्दा आफ्नो क्षेत्रका उत्कृष्ट व्यक्ति हुन् । उनी सूचना प्रविधिका विशेषज्ञको रूपमा चिनिन्छन् ।

उनलाई डिजिटल नेपालको सपनाका साक्षात्कारी नायकका रूपमा त्यो क्षेत्रका मानिसहरूले चिन्ने गरेका छन् । नेपालको योगदान केवल व्यावसायिक सफलतामा मात्र सीमित छैन। उनी डिजिटल नेपालको सपनालाई साकार पार्ने अग्रणी हस्ताक्षर हुन् ।

को हुन् केशव नेपाल ?

डिजिटल नेपालको सपनाका साक्षात्कारी नायक :
नेपालको संचार क्षेत्रमा “राष्ट्रले न देखेको” तर अथक परिश्रम र दूरदृष्टिले देशको डिजिटल भविष्यमा गढिरहेका एक व्यक्ति हुन् केशव नेपाल । वर्ल्डलिंक कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)नेपालको जीवनयात्रा केवल व्यावसायिक सफलताको कथा होइन, बरु सामाजिक अभियान, दृढ संकल्प र राष्ट्रनिर्माणको सेवाको प्रेरणादायी गाथा हो ।

प्रारम्भिक जीवन
उनको जन्म एक सरकारी जागिरे परिवारमा भयो । बाल्यकालदेखि नै उनमा अनुशासन, जिम्मेवारी र आत्मनिर्भरताको भावना भरिएको थियो । आमा-बाबुको स्थिर रोजगारीको आधारभूत सुरक्षा भएता पनि उनको विश्वास थियो — “सफलता भनेको मेहनत र उद्यमशीलताबाट मात्र आउँछ।”
उनको शिक्षाको सुरुवात पोखराको प्रतिष्ठित गण्डकी बोर्डिङ स्कुलबाट भयो । त्यतिबेला विद्यालयको व्यवस्थापन विदेशी टिमले गरेको थियो, जसले कडा अनुशासन र गुणस्तरीय शिक्षाको वातावरण निर्माण गरेको थियो । यही वातावरणले केशवमा कडा अध्ययन, जिज्ञासा र लगनशीलताको बीउ रोप्यो। त्यसपछि उनले बुटवल मल्टिपल क्याम्पसबाट उच्च शिक्षा हासिल गरे ।

आत्मनिर्भर सपना :
आत्मनिर्भर बन्ने इच्छाले उनलाई विद्यार्थी जीवनमै बस किन्न प्रेरित गर्यो । चार वर्षसम्म उनले आफैँ रात्रि बस चलाए । यो अनुभवले उनलाई आर्थिक रूपमा मात्र होइन नेपाली समाजको वास्तविकतासँग जोड्यो । उनले साधारण मानिसहरूको संघर्ष, जीवनशैली र मेहनतलाई प्रत्यक्ष रूपमा महसुस गरे ।

उनको अर्को चासो पत्रकारितामा थियो । बुटवलमा रहँदा उनले एक अंग्रेजी पत्रिका शुरू गरे, जसले उनको विचार, लेखन र संचार क्षमतालाई निकै बलियो बनायो । केही समयपछि उनी काठमाडौं आए र मेडिकल ट्रान्सलेशनमा काम गर्न थाले । छोटो समयमै उनले आफ्नो प्रतिभा देखाए र कनेक्सन पाक्षिकमा सम्पादक, एभरेष्ट हेराल्डमा संवाददाता तथा युथ टुडे जस्ता पत्रिकामा प्रकाशक/ सम्पादक भएर काम गरे ।

नेपालमा सस्तो र सहज इन्टरनेट पुर्याउने हुटहुटीउनको मन सधैं उद्यमशीलतातर्फ लागिरहन्थ्यो । त्यसैले उनी काठमाडौँबाट फर्केर नयाँ केही गर्ने सोचमा लागे यसपटक उनको लक्ष्य ठूलो थियो — नेपालमा सस्तो र सहज इन्टरनेट पुर्याउने । यही सोचाइले उनलाई बुटवलमा “बायु कम” नामक इन्टरनेट व्यवसाय सुरु गर्न प्रेरित गर्यो । आफैँ जीप चलाउँदै उनी नेपालको पूर्ण पहाडी-तराई भूभागमा घुमेर टावर राख्ने सम्भावना खोज्थे । यसरी उनी नेपालमै पहिलो व्यक्ति बने जसले फोन लाइनबिनै वायरलेस इन्टरनेट जडान गर्न सकिने प्रमाणित गरे ।

प्रविधि अगाडि बढ्दै जाँदा केशव नेपालले एफटीटीएच (फाइबर टु द होम) को अध्यन गरे । यसको विस्तारमा ध्यान दिए, जसले सार्वजनिक इन्टरनेटलाई अझ भरोसायोग्य र सस्तो बनायो । नेपालभर इन्टरनेट सस्तो र सुलभ बनाउन उनले “लुम्बिनी नेट” नामक कम्पनी स्थापना गरे । लुम्बिनी नेटको प्रभावशाली वृद्धिले गर्दा वर्ल्डलिंक र लुम्बिनी नेट एकआपसमा गाभिए र संक्रमणकालमा केशव वर्ल्डलिंक कम्युनिकेसनको सीईओ बने ।

सीईओ बनेका बेला वर्ल्डलिंकसँग करिब ७५ हजारमात्र प्रयोगकर्ता थिए । उनको दृष्टि, योजनाबद्धता र कार्यान्वयन क्षमताले यो संख्यालाई १० लाख भन्दा बढी पुर्यायो । यसरी उनी नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नयाँ उचाइमा पुर्याउने मुख्य शिल्पी बने ।

दूरदृष्टि: डिजिटल नेपालको सपना
केशव नेपालको योगदान केवल व्यावसायिक सफलतामा मात्र सीमित छैन। उनी डिजिटल नेपालको सपनालाई साकार पार्ने अग्रणी हस्ताक्षर हुन्। जब सरकारले डिजिटल नेपालको योजना बनाइराखेको थियो, उनी कर्णाली प्रदेशको हुम्ला जस्ता दुर्गम जिल्लाका सिमकोट जस्ता गाउँपालिकामा पुगेर अध्ययन गरिरहेका थिए — कसरी नेपालका अति दुर्गम स्थानमा सूचनाको पहुँच गराउन सकिन्छ भनेर ।

उनी सुदूरपश्चिमका सबै हिमाली भेगमा महिनौं लगाएर पैदल घुमेका छन् । स्थानीय आवश्यकता र सम्भावनाहरूको अध्ययन गरेका छन् । यो उनको राष्ट्रप्रतिको गहिरो लगाव र सेवाको भावनाको प्रमाण हो ।

अन्तर्राष्ट्रिय मान्यता र नेतृत्व
आफ्नो नेतृत्व क्षमतालाई अझ बलियो बनाउन उनले विश्वप्रसिद्ध आईएनएसईईडीबाट एक्जिक्युटिभ मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (ईएमबीए) गरे । यसले उनलाई अन्तर्राष्ट्रिय अनुभव, प्रबन्धकीय कौशल र दीर्घकालीन दृष्टि प्रदान गर्यो ।

उनी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् र सूचना प्रविधिका विशेषज्ञको रूपमा चिनिन्छन् । उनलाई नोकिया गेट टु फास्ट फास्टर २०१९ सम्मेलनमा “बिजनेस एज अनयुजल” पुरस्कारले सम्मानित गरिएको छ ।

रूपान्तरणकारी नेताको रूपमा
केशव नेपाल व्यक्तिगत जीवनमा साधारण, विनम्र र अन्तर्मुखी छन् तर कार्यक्षेत्रमा उनी एक उत्कृष्ट योजनाकार, कुशल कार्यान्वयनकर्ता र जनमुखी नेतृत्वकर्ता हुन् । उनको जीवनले देखाउँछ कि कसरी दृढ संकल्प, अथक परिश्रम र राष्ट्रप्रतिको सेवाको भावनाले एउटा व्यक्तिले सम्पूर्ण राष्ट्रको डिजिटल भविष्यलाई नै परिवर्तन गर्न सक्छ ।

नेपालको डिजिटल क्रान्तिको यो यात्रा अझै लामो छ तर केशव नेपाल जस्ता दूरदृष्टि भएका समाजसेवीहरूको नेतृत्वमा नेपालको डिजिटल सपना अवश्यै साकार हुने विश्वास गर्न सकिन्छ ।उनी आजको नयाँ नेपाल र नयाँ पुस्ताका राष्ट्रले न देखेको “एक सम्भावित नेता ” हुन् । किनकि उनी जेन-जी पुस्ताले खोजेका व्यक्ति हुन् ।

 

 

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३९

  काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी...

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहत निकायलाई शिक्षामन्त्री पोखरेलको निर्देशन

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहत निकायलाई शिक्षामन्त्री...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३५

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले...

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:२३

  रामेछाप । वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा...