CG Electronics
IME Life
Ncell NPL

लगातार वर्षाका कारण आज र भोलि शेयर बजार बन्द

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । आज र भोली दुईदिन शेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज र भोलि गरी दुईदिन शेयरबजार पनि बन्द हुने भएको हो ।

दशैंको लामो बिदापछि आजदेखि नियमित कारोबार सुरु हुने अपेक्षा गरिएको शेयरबजार, मौसमजन्य विषम परिस्थितीका कारण पुनः बन्द भएको हो । सरकारले देशभर प्रभाव पारेको अविरल वर्षालाई ध्यानमा राख्दै वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्था समेत दुईदिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि लगानीकर्ताले दशैंपछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ ।

यद्यपी, विज्ञहरुले भने छोटो अवधिका लागि कारोबार रोकिनुले बजारमा ठूलो नकारात्मक असर नपर्ने बताउँदै आएका छन् ।

तर लगानीकर्ताको मनोबल भने प्रभावित भएको छ । लगातार बिदा र अस्थिर मौसमका कारण बजार खुल्नेबित्तिकै कारोबारमा सुरुवाती दिनमा उतारचढाव देखिने सम्भावना रहेको उनीहरूको आँकलन छ ।

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार...

वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५

  काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई...

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...