Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

लगातार वर्षाका कारण आज र भोलि शेयर बजार बन्द

 

काठमाडौं । आज र भोली दुईदिन शेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज र भोलि गरी दुईदिन शेयरबजार पनि बन्द हुने भएको हो ।

दशैंको लामो बिदापछि आजदेखि नियमित कारोबार सुरु हुने अपेक्षा गरिएको शेयरबजार, मौसमजन्य विषम परिस्थितीका कारण पुनः बन्द भएको हो । सरकारले देशभर प्रभाव पारेको अविरल वर्षालाई ध्यानमा राख्दै वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्था समेत दुईदिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि लगानीकर्ताले दशैंपछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ ।

यद्यपी, विज्ञहरुले भने छोटो अवधिका लागि कारोबार रोकिनुले बजारमा ठूलो नकारात्मक असर नपर्ने बताउँदै आएका छन् ।

तर लगानीकर्ताको मनोबल भने प्रभावित भएको छ । लगातार बिदा र अस्थिर मौसमका कारण बजार खुल्नेबित्तिकै कारोबारमा सुरुवाती दिनमा उतारचढाव देखिने सम्भावना रहेको उनीहरूको आँकलन छ ।

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, आयोजक टोलीद्वारा तयारी सार्वजनिक

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

  काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...