Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपालबाट मनसुन बहिर्गमनको अन्तिम चरणमा पुगेको छ : उपमहानिर्देशक रेग्मी

उपमहानिर्देशक जल तथा मौसम विभाग

 

 

काठमाडौं । हाल नेपालमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै गएकाले नेपालबाट बाहिरे अवस्थामा पुगेको मौसमविद्हरुले बताएका छन् ।

बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणालीका कारणले गत १७ गतेबाट बागमती, मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा पनि भारी वर्षाहरू भएको थियो ।

उक्त मनसुनी वायु बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिने अवस्थामा रहेको जल तथा मौसम विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीले बताए ।

उनले भने, ‘बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिसकेको छ । नेपालमा यो मनसुन बहिर्गमनको करिब करिब अन्तिम चरणमा पुगिसकेको अवस्था छ ।’

आज (आइतबार) मौसम फेरबदल हुने अथवा पानी पार्ने अवस्था नरहे पनि पश्चिमी वायुको कारणले कर्णालीका केही भूभाग र सुदूरपश्चिमका पनि पहाडी क्षेत्रहरूमा केही मौसममा थोरै फेरबदल हुनसक्ने उनले जानकारी दिए । साथै उनले पानी पार्न सक्ने मौसमी प्रणाली नरहेको बताए ।

‘हामीले के देखिरहेका छौँ भने पश्चिमतिरबाट आउने पश्चिमी वायुको कारणले कर्णालीका केही भूभाग र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा केही मौसममा थोरै फेरबदल हुने तर त्यति त्यस्तो खालको ठूलो फेरबदल हुने अवस्था छैन,’ उनले भने ।

मनसुन सुधारिए पनि बहिर्गमनको अन्तिम चरणमा रहेकाले वर्षाको सम्भावना पनि उतिकै रहेको उनले बताए ।

‘अझैपनि मनसुन सकिसकेको अवस्था छैन् । मनसुन बहिर्गमनको अन्तिम चरणमा छ ।

त्यसकारण मनसुन नसकिएसम्म वर्षाको सम्भावना रहन्छ, खासगरी मनसुनी वर्षाको,’ उनले थप भने, ‘सम्भवतः यो हप्ताको अन्तिमसम्ममा अथवा अर्को हप्ताको सुरुसम्ममा मनसुन बहिर्गमन भइसक्ने अवस्था जस्तो देखिएको छ ।’

 

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उपमहानिर्देशक रेग्मीले हाल जोखिमको सम्भावना नरहेपनि कोशी प्रदेशको एकदुई ठाउँमा मध्यम वर्षासम्म पनि हुन सक्ने बताए ।

साथै उनले कोशी प्रदेशबाट समेत आज रातिबाट नै मनसुनी वायुको प्रभाव बाहिरिने अवस्था रहेको बताए ।

‘जोखिमको सम्भावना त अहिले कहींपनि देखिदैन् । त्यस्तो ठुलो सम्भावना पनि छैन । जोखिमको सम्भावना छैन ।

वर्षाको सम्भावना केही क्षेत्रमा हुनसक्छ, खासगरी कोशी प्रदेशको अझै पनि केही भू–भागहरूमा हल्कादेखि मध्यम वर्षा पनि हुन सक्छ । त्यस्तो अवस्था आज दिनभरी मात्र रहन्छ । त्यसपछि करिब आज रातिबाट भनौँ, रातिबाट त पुरै यो प्रणाली चाहिँ बाहिरिने अवस्था छ,’ उनले भने ।

 

 

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...